Makka Haj

काठमाडौ। साउदी अरवस्थित मक्का शहरमा हजका लागि गएका इजिप्टका ७८ जना इस्लाम धर्मावलम्बीको मृत्यु भएको छ। इजिप्टको स्वास्थ्य मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार ‘हज मिशन’का प्रमुख अहमद अल अन्सारीले हृदयघातका कारण ७८ जना इजिप्टेली नागरिकको मृत्यु भएको पुष्टि गरेका छन्।

अन्सारीले हज प्राथनाको लागि हिँडेका उनीहरुको मृत्युको प्रमुख कारण स्वास्थ्य समस्या रहेको बताए । इजिप्ट सरकारको अनुसार प्रत्येक वर्ष करिव ७० हजार इजिप्टेली इस्लाम धर्मावलम्बी हजकोे लागि साउदी अरव जाने गर्दछन् । हज इस्लाम धर्मको सबैभन्दा महत्वपूर्ण तीर्थस्थल हो।

मुस्लिम धर्मअनुसार जीवनमा एकपटक हज हजका लागि मक्का शहर जानुपर्ने मान्यतका कारण विश्वभरका इस्लाम धर्मावलम्बी सायदी अरव जाने गर्दछन् । (समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७४ साल भाद २४ गते शनिवार ।