Bishwokarma Pooja 1

काठमाडौ। सूर्य सिंह राशिबाट कन्या राशिमा प्रवेश गर्ने आश्विन संक्रान्तिका दिन आज कालीगढले विश्वकर्माको पूजा गरी वास्तु दिवस मनाइएको छ। वास्तु शास्त्रअनुसार निर्माणको शुरुवात भगवान विश्वकर्माले गरेको विश्वासमा उनलाई वास्तुका प्रवर्तकका रुपमा सम्झने गरिन्छ।

विश्वकर्माले रचना गरेको विश्वकर्मा प्रकाशलाई अहिले पनि वास्तु शास्त्रको आधिकारिक ग्रन्थ मानिन्छ। यस अवसरमा आज कलकारखाना, सवारीसाधनलगायत यन्त्रमा पूजा गरिएको छ। आज पूजा गरिएका यन्त्रले वर्षभर राम्रो काम गर्ने धार्मिक विश्वास रहेको छ।

द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा भेद द्वारका बनाई लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा भेद द्वारकाको निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको मानिएको छ।

प्राचीन भारत वर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षक देवताका रुपमा समेत मानिन्छ। विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको छ। विश्वकर्मालाई वास्तु विद्याका विशिष्ठ ज्ञाताका रुपमा समेत मान्ने गरिन्छ।

Bishwokarma Pooja 2प्रकाशन मिति–२०७४ साल असोज १ गते आइतवार ।