Scotlannd Palistha News 1लण्डन । स्कटल्याण्डको लिभिङग्स्टोन इस्ट क्रेड्लमा आयोजित गाला फेस्टिबल २०१७ मा पहिलो पल्ट नेपाली बालिका उत्कृृष्ट बनेकी छन्।

यस फेस्टिबलमा नेपाली बालिका पलिस्था महर्जन फेरिमा सर्वोत्कृष्ट बनेकी हुन्। पलिस्था लिभिङ्गस्टोन, इस्ट क्रेडल्मा बसोबास गर्दै आएका धर्म महर्जन र रमणी महर्जका सुपुत्री हुन्।

Scotlannd Palistha News 3प्रत्येक बर्ष हुने यस गाला फेस्टिबल यो बर्ष गत केही दिनअघि भव्यताकासाथ सम्पन्न भएको थियो। फेस्टिबलमा क्राउनिङ्ग सेरेमोनी विधिपूर्वक मनाइएको थियो।

स्कटल्याण्डस्थित भिजन संसार समाचारदाता विजय डंगोलका अनुसार, गाला कुइन, फेरिस, पेज बोएज, फ्लावर गल्स, हेराल्डस्, लेडि इन विटिङ्ग, क्राओन बेरर, बेरर र कुइन्स लगायतका विभिन्न टाइटल अवार्ड च्याम्पियनहरुलाई थरी थरिका ब्यान्ड बाजा सहित सम्मानका साथमा शहर परिक्रमा गरिएको थियो।

Scotlannd Palistha News 2प्रकाशन मिति–२०७४ साल असार ३० गते शुक्रबार ।