Eva Bra

काठमाडौ। स्तन क्यान्सर कतिखेर कतिबेला हुन्छ भन्ने कुनै जानकारी नै हुंदैन्। त्यसकारण महिलाहरु यसबारेमा अति सचेत हुनु आवश्यक छ। यस क्रममा एक जना किशोरले स्तन क्यान्सर छ या छैन भन्ने पत्ता लगाउने ब्रा डिजाइन गरेका छन्।

मेक्सिकोका १८ वर्षीय जुलियन रियो कान्टु नाम गरेका ती किशोरले आफ्नी आमा स्तन क्यान्सरबाट पीडित भएपछि ब्रा पत्ता लगाएको बताएका छन्। कलेजका साथीहरुको सहयोगमा ती किशोरले उक्त ब्रा डिजाइन गरिएको छ। जसको नाम इभा राखिएको छ।

यो इभा नामक ब्राले सजिलैसँग ब्रेस्ट (स्तन) क्यान्सर पत्ता लगाउन सकिन्छ। उनले गरेको नयाँ अनुसन्धानलाई ग्लोबल स्टुडेन्ट अन्टरप्रेनर अवार्डुसमेत प्रदान गरिएको छ। यो इभा नामक ब्रामा करिब २ सय ओटा बायो सेन्सर जोडिएका हुन्छन्। जसले स्तनको माथिल्लो सहतको पत्ता लगाउनुका साथै स्तनको तापक्रम, आकार तथा तौलमा हुने परिवर्तनमाथि हेरचाह गर्ने गर्दछ।

उनले यो खास ब्राले स्तन क्यान्सर पत्ता लगाउन एक हप्तामा एक घण्टाभन्दा बढी समय प्रयोग गर्नु जरुरी नरहेको बताएका छन्।
प्रकाशन मिति–२०७४ साल बैशाख २३ गते शनिवार ।