Election-Commision-of-Nepalकाठमाडौ। यही आउने नयाँ बर्ष २०७४ को वैशाख ३१ का लागि तोकिएको स्थानीय तहको चुनावमा संसदमा रहेका २७ दलले मात्र दलको मान्यता पाएको छ। यसबाहेक अरु दलले स्वतन्त्रको हैसियतमा चुनाव लड्नु पर्ने भएको छ ।

ती दलले एउटै निर्वाचन चिह्न नपाउने भएका छन् । स्थानीय तह निर्वाचन ऐनको दफा २६ को उपदफा ६ मा संसदमा भएका सबै दलको उम्मेदवारलाई मात्र सम्बन्धित दलको निर्वाचन चिह्न वितरण गरिने र दलहरुलाई मतपत्रमा समावेश गर्दा समानुपातिकतर्फ प्राप्त मतका आधारमा रोलक्रम निर्धारण गर्ने व्यवस्था छ ।

उपदफा ७ मा राष्ट्रिय दलको मान्यता नपाएका दललाई स्वतन्त्र उम्मेदवारको हैसियतमा चुनाव चिह्न प्रदान गर्ने उल्लेख छ ।स्थानीय चुनाव प्रयोजनका लागि ११४ दलले भाग लिन पाउने निर्वाचन आयोगले जनाएको छ । जसमा सांसदमा भएका २७ बाहेक अरु दलका उम्मेदवारले स्वतन्त्र हैसियतमा चुनाव लड्नुपर्ने भएको हो ।

प्रकाशन मिति–२०७३ साल चैत्र ९ गते बुधवार ।