M/s Padma Kumari Aryal & Mr. Gopal Man Shrestha

काठमाडौ। नेपाली कांग्रेसको अर्को हेभिवेट नेता तथा नेपालका उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ प्रतिनिधिसभाको निर्वाचनमा पराजित बनेका छन्।

नेता श्रेष्ठलाई नेकपा एमालेकी पदमा कुमारी अर्याल स्याङजा २ बाट मज्जाले हराउन सफलता प्राप्त गरेकी छन्।

अर्याल प्रतिनिधि सभा सदस्यमा विजयी भएकी छन्। अर्यालले ३५ हजार १ सय ४२ मत प्राप्त गरिन् भने श्रेष्ठले ३१ हजार ४ सय ३६ मत प्राप्त गरेका छन्।
प्रकाशन मिति–२०७४ साल मंसीर २६ गते मंगलवार ।