काठमाडौ । स्लीम तथा सेक्सी नायिकाको उपनाम पाएकी शुभेच्छा थापा एकाएक मोटाउन थालेकी छन्। ५३ केजी तौलकी नायिका थापा मोटाउनुको पछाडि उनी गर्भवती भएर अवश्य होइन्। १९ बर्षकी छोरीकी आमा यी नायिकालाई फेरि गर्भवती बनेर टाउको दुःखाउनु छैन्।

sexy-shubhechha-thapaएउटै सन्तानमा सन्तुष्ट बनेकी शुभेच्छाको इच्छा भनेको नेपाली चलचित्रको अलावा हिन्दी तथा भोजपुरी फिल्महरुमा हिट बन्नु हो। यसै क्रममा दर्जनौ नेपाली चलचित्रमा बेग्लै इमेज राखेयता उनलाई भोजपुरी तथा बंगाली फिल्महरुवाट धमाधम अफर आउन थालेपछि उनी मोटाउन थालेकी हुन्। मोटाउनु उनको रहर नभइकन बाँध्यता हो। नेपाली फिल्ममा स्लिम नायिकाको डिमाण्ड भएजस्तै भोजपुरी तथा बंगाली फिल्ममा मोटी नायिकाको निक्कै डिमाण्ड रहेको छ।

मोटी नायिकालाई भोजपुरी तथा बंगाली फिल्महरुमा सेक्सी नायिका भन्ने गरिन्छ। दक्षिण भारतका अत्यन्त लोकप्रिय मानिएका भोजपुरी तथा बंगाली फिल्मकै कारण उनी ५३ केजी तौलवाट ५८ केजीकी बनेकी छन्। तौल बढाउनको लागि हर रात एक गिलास दूधका साथमा एक दर्जन केरा खाने कार्य गर्दैआएको खुलासा गरेकी छन्।

दूधका साथमा केरा खाएपछि अटोमेटिकली मोटाउने रहस्यको खुलासा गर्ने यी नायिकाले भोजपुरी फिल्म दिलवालेको एक आइटम गीतको शुटिङ्ग संपन्न गरिसकेकी छन्। जुन गीतमा उनले अत्यन्त सेक्सी पोजमा नृत्य गरेकी छन्। जुन फिल्मको संपूर्ण छायाँकन भारतको कलकता लगायतका स्थानमा छायाँकन हुने भएको छ। त्यसको लगतै देवराज, युवराज नामक भोजपुरी फिल्महरुमा काम गर्ने जानकारी पनि उनले दिएकी छन्।

यसअघि बंगाली फिल्म स्वर्णमुद्रामा पनि उनले अभिनय गरिसकेकी छन्। भोजपुरी तथा बंगाली फिल्महरुमा बढी मात्रामा छाडा रोलमा अभिनय गर्नुपर्ने हुन्छ। त्यस्ता छाडा भूमिका तथा रोलको नै ती फिल्म उद्योगमा हुने बताउने उनले हालसम्म त्यसप्रकारका भूमिका गरेकी छैनन्। त्यसप्रकारका रोलको अफर आएमा कथावस्तु राम्ररी अध्ययन गरेर मात्र काम गर्ने सोच उनको रहेको छ।
प्रकाशन मिति–२०७३ साल पुस १५ गते शुक्रबार ।