Late Vetran Artist Radheshyam Satyal
Late Vetran Artist Radheshyam Satyal

काठमाडौ। चर्चित हांस्य अभिनेता सन्तोष पन्तको बहुचर्चित टेलिसिरियल हिजोआजका कुरामा अक्सर जड्याँहा तथा सरकारी कर्मचारीको भूमिकामा जीवन्त अभिनय गर्नेका कलाकार राधेश्याम सत्यालको सोमवार दुःखद निधन भएको छ।

कलाकार सत्यालको ७१ वर्षको उमेरमा निधन भएको हो । उपचारकोक्रममा चावहिल स्थित ओम अस्पतालमा कलाकार सत्यालको निधन भएको परिवारले जनाएको छ।

विद्यार्थीकालदेखि नै रंगमञ्च क्षेत्रमा सक्रिय सत्यालले पछिल्लो समय विभिन्न टीभी सिरियलमा अभिनय गर्दै आएका थिए। सत्यालले नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रस्तुत विभिन्न नाटकमा खेलेका थिए। सत्यालका दुई छोराछोरी र पत्नी छन्।
प्रकाशन मिति –२०७३ साल चैत्र १६ गते बुधवार ।