Sohra Saradकाठमाडौ। आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ दिनसम्म गरिने सोह्रश्राद्ध आज बुधवार देखि सुरु भएको छ। प्रतिपदादेखि १६ तिथिमध्ये जुन तिथिमा आफ्ना पिताको निधन भएको हो, सोही दिन सोह्रश्राद्ध गर्ने गरिन्छ।

आश्विन कृष्ण पक्षलाई पर्व मानिएको छ। पर्व तिथिका अवसरमा गरिने श्राद्ध भएकाले यसलाई पारवन वा महालय श्राद्ध पनि भनिन्छ । यो पक्षमा श्राद्ध गर्नेका पितृ वर्ष दिनसम्म तृप्त हुन्छन् भन्ने शास्त्रीय मान्यता छ। ठूला पर्व दशैँ, तिहार मनाउनुअघि पितृलाई श्रद्धापूर्वक सम्झना गरिने वैदिक सनातनी परम्पराअनुसार सोह्रश्राद्ध गरिने परम्परा रहेको छ।

आश्विन कृष्णपक्ष अर्थात् पितृ पक्षमा आसोचका कारण श्राद्ध गर्न नपाउनेले आश्विन शुक्ल पञ्चमीसम्म, त्यसमा पनि नहुनेले कार्तिक कृष्ण औँसी अर्थात् गाई तिहारे औँसीका दिन श्राद्ध गर्नुपर्ने शास्त्रीय मान्यता छ। गाई तिहारे औंसीका दिन पनि थुनछेक हुनेले वृश्चिक राशिमा सूर्य जानुअघि अर्थात कार्तिक मसान्तभित्र जराएर सोह्रश्राद्ध गर्नुपर्छ।

यो अवधिमा पनि श्राद्ध नगरे आश गरेका पितृ निराश भएर आफ्नो स्थानमा फकर्ने विभिन्न धार्मिक ग्रन्थमा वर्णन गरिएको छ।
प्रकाशन मिति–२०७४ साल भाद्र २१ गते बुधवार