ब्राजिल। ब्राजिलका फुटबल खेलाडीहरु सवार एउटा विमान मंगलबार कोलम्बियामा दुर्घटना भएको छ। अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार ब्राजिलको एउटा स्थानीय फुटबल क्लवका खेलाडी सवार विमान कोलम्बियाको मेडलिनमा दुर्घटना भएको हो। ब्राजिलको चापेकोन्से रियल फुटबल टिमका सदस्यहरु दुर्घटनामा परेका हुन्।

brazil-accident

कोलम्बियन अधिकारीहरुका अनुसार विमान एउटा डाँडोमा ठोक्किदा ठोकिदा विमानमा सवार ७६ जनाको मृत्यु भएको छ। ८१ जना सवार विमानबाट पाँच जनाको जीवितै उद्धार गरिएको छ। सुडामेरिकन क्लव कपमा प्रतिश्पर्धा गर्न गएको ब्राजिलयन क्लवको टोली दुर्घटनामा परेको हो। दुर्घटनालगत्तै फाइनल म्याच रद्द गरिएको छ।

कोलम्बियाका अधिकारीहरुका अनुसार इन्धन सकिएको कारण विमान दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। खेलाडीको मृत्यु भएपछि ब्राजिल सरकारले तीन दिन राष्ट्रिय शोकको घोषणा गरेको छ। ब्राजिलका राष्ट्रपति मिसेल टेमेरले दुर्घटनाको खबर पाए लगत्तै मंगलबार राष्ट्रिय शोकको घोषणा गरेका हुन्।

नेपाली समय अनुसार मंगलबार बिहान करिब नौ बजेर ४५ मिनेट जाँडा मेडेलिन विमानस्थलको नियन्त्रण कक्षसँग विमानको सम्पर्क बिच्छेद भएको थियो । उड्डयन प्राधिकरणका अधिकारीले उक्त विमानमा विधुतीय समस्या आएका कारण विमानस्थलको नियन्त्रण कक्षसँग सम्पर्क विच्छेद भएको जनाएका छन्।

जीवितै उद्दार गरिएका मध्ये एक चापेकोन्सका डिफेन्डर एलन रस्चेल रहेको समाचारमा जनाइएको छ। टोलीका गोलरक्षकद्वय ज्याक्सन फोलम्यान पनि जीवितै रहेको बताइएको छ। टोलीका अर्का डिफेन्डर हेइलो नेटोलाई पनि जीवितै उद्धार गरिएको समाचारमा जनाइएको छ। टोलीका पहिलो रोजाइका गोलरक्षक मार्कोस डानिलोलाई समेत जीवितै उद्धार गरिए पनि उचारका क्रममा उनको निधन भएको छ।
प्रकाशन मिति–२०७३ साल मंसीर १४ गते मंगलबार ।