Paras Khadka, Captain- National Cricket Team in TOUGH talk with Dil Bhusan Pathak
सरकारको प्राथमिकतामा निकै कम परेको क्षेत्र हो खेलकुद । बार्षिक एक प्रतिशत बजेटपनि नआउने यहि क्षेत्रमा सबै भन्दा धरै राजनीति हुने गरेको छ । र नेपाली क्रिकेट अहिले त्यहि राजनीतिको सिकार भएको छ । लगातारको विवादका कारण अन्तराष्ट्रिय क्रिकेट परिषदले नेपाल क्रिकेट संघलाई निलम्बन गरेको छ । यो खवरले क्रिकेट प्रेमी दर्शकलाई केहि मर्माहित बनाएपनि, अब क्रिकेटले नयां बाटो समाउछ कि भन्ने झिनो आशा पनि पलाएको छ । ६० बर्ष तदर्थबादमा चलेको क्रिकेटले चार बर्ष अगाडी निर्वाचित कमिटी पायो तर यस्तो निर्वाचित कमिटी बन्यो जुन राजनीतिक भागबन्डा भन्दा कम थिएन । निर्वाचित भनिएपनि विभिन्न पार्टिका कार्यकर्ताको भेला जस्तै भयो क्यान । जसका कारण क्यान गुट उपगुटमा बाढीयो । तर त्यसको मर्का खेलाडीमा प्रत्यक्ष रुपमा पर्यो ।
पछिल्लो पटक क्रिकेटलाई अभिभावकत्व गर्ने संस्था राष्ट्रिय खेलकुद परिषदले नै नयां तदर्थ समिती खडा गरेपछि विवाद झन उत्कर्षमा पुग्यो र आइसीसीले बारम्बार चेतावनी दिदा पनि वास्ता नगरेका कारण क्यानको सदस्यता निलम्बित भयो ।
आजको कार्यक्रममा हामी नेपाली क्रिकेटको विवादको चुरो के हो ? के साच्चै पदाधीकारी क्रिकेटको विकाश भन्दा ब्यक्तिगत स्वार्थ लिएर आउंछन ? मैदानमा खेलाडी खेलिरहंदा मैदानबाहिर पदाधीकारीको अर्को खेल के का लागि हुन्छ ? अथवा भनौ नेपालको खेलकुदमा किन यतिबिध्न राजनीति छ ? लगायतका जिज्ञासाको उत्तर खोज्ने प्रयास गर्नेछौ
हामीसंग हुनुहुन्छ, नेपाली राष्ट्रिय क्रिकेट टिमका सफल खेलाडी एवंम कप्तान, पारस खड्का । जसको कप्तानीमा नेपालले पछिल्ला पांच बर्षमा पाच वटा अन्तराष्ट्रिय प्रतियोगिताको उपाधी जितेको छ । सन् २००९ देखि राष्ट्रिय टिमका कप्तान बनेका पारसले नेपाललाई डिभिजन फाइव देखि डिभिजन वनमा पुर्याए । यतिमात्र होइन उनकै कप्तानीमा नेपालले दुई बर्ष अगाडी बंगलादेशमा ट्वान्टी ट्वान्टी विश्वकप पनि खेल्यो । आज हामी सफल कप्तान पारस खड्कासंग नेपाली क्रिकेटमा देखिएको विवाद, यसले खेलाडीमा पारेको असर र अबको पाटो कस्तो हुनुपर्छ भन्ने विषयमा छलफल गर्नेछौ