काठमाडौं। नेपाल अडिटर्स एशोसिएसन(अडान)को माघ २४ र २५ गते गरेर दुईदिने केन्द्रीय कार्य समितिको तेस्रो पूर्ण बैठक संपन्न भएको छ। केन्द्रिय अध्यक्ष मोहनराज रेग्मीको अध्यक्षतामा काठमाडौंको नया बानेश्वरस्थित अल्फाबिटाको हलमा सम्पन्न भएको हो।

बैठकमा महासचिब झलकमणि लम्सालले प्रस्तुत गरेको सांगठनिक प्रतिबेदन, कोषाध्यक्ष बलराम चौधरीव्दारा प्रस्तुत आर्थिक प्रतिबेदन सुझाव सहित पारित गरेको छ । सो बैठकमा अडानका देशभरबाट प्रतिनिधित्व गर्ने केन्द्रीय पदाधिकारी तथा सदस्यहरु, सल्लाहकार, बिशेषज्ञहरुको उपस्थिति रहेको थियो।

बैठकले बिभिन्न निर्णयहरु गर्दै पेशागत दक्षता अभिबृद्घि, क बर्गमा बर्ग बृद्घि, गैरलेखापरीक्षकहरु माथि बन्देज गर्न, आईक्यानमा समानुपातीक प्रतिनिधित्व हुनुपर्ने, स्थानीय तथा प्रदेशमा रहेको सुचीकृत गर्नुपर्ने गलत परिपाटीको अन्त्य गर्न, चीन लगायत बिश्वभर त्रासदीको रुपमा फैलिएको कोरोना भाईरसका कारण चीनको हुआनमा रहेका नेपाली बिद्यार्थीहरु समेत नेपाल ल्याई उचित व्बबस्थापन गर्न माग गर्दै बैठकले ११ बुँदे विशेष प्रस्ताबहरु पारित गरेको छ।

जुन नेपाल सरकार, नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था, नियमनकारी निकायहरु तथा सम्बन्धित सबैमा सोको कार्यान्वयनमा बिषेश ध्यानाकर्षण समेत गराएको अडानका उपाध्यक्ष डोल प्रसाद दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख रहेको छ।


प्रकाशन मिति–२०७६ साल माघ २५ गते शनिवार ।