लण्डन। बेलायतकी महारानी एलिजाबेथ द्वितीयका श्रीमान राजकुमार फिलिपको दुःखद निधन भएको छ। राजकुमार फिलिपको ९९ बर्षको उमेरमा दुःखद निधन भएको हो।

बेलायत स्थित बकिंघम रोयल प्यालेसले विज्ञप्ति जारी गर्दै बेलायतको समय अनुसार शुक्रबार बिहान विन्डसर क्यासलमा शान्तिपूर्वक निधन भएको जनाएको छ। बीबीसीका अनुसार, राजकुमार फिलिपले सन् १९४७ मा राजकुमारी एलिजाबेथसंग बिहे गरेका थिए। उनीहरुको बिहेको पांच वर्ष पछि राजकुमारी एलिजाबेथ ब्रिटेनको महारानी बनेकी थिइन।

राजकुमार फिलिपले झन्डै ७० वर्ष महारानी एलिजाबेथ द्वितीयलाई राजकाजमा सघाएका थिए। हालै राजकुमार फिलिप बिरामी भए पछि झन्डै एक महिना अस्पतालमा उपचार गराएर निवास फर्किएका थिए। राजकुमार फिलिप र महारानीका चार जना छोराछोरी, आठ जना नाति– नातिनी तथा १० जना पनाति–पनातिनी छन्।

प्रकाशन मिति–२०७७ साल चैत्र २७ गते शुक्रवार ।