काठमाडौं। नेपालका पूर्वराजा ज्ञानेन्द्र शाह र ज्ञानेन्द्र पत्नी पूर्वरानी कोमल शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ।

भारतको हरिद्वारमा लागेको कुम्भ मेलामा सहभागी भएर फर्किएका शाह दम्पतीमा कोरोना पुष्टि भएको हो।

स्वदेश फर्किएपछि कोरोना संक्रमण परीक्षण गराएका थिए। परीक्षणको रिपोर्ट पोजेटिभ देखिएको ज्ञानेन्द्रले ट्वीट मार्फत खुलासा गरेका छन्।

ज्ञानेन्द्रले आफूहरुसंगको संपर्कमा आएका सवैलाई कोरोना परीक्षण गरेर सावधानी अपनाउन पनि अनुरोध गरेका छन्।

प्रकाशन मिति–२०७८ साल बैशाख ७ गते मंगलवार ।