काठमाडौ। अरु केही नगरिकन अंगालो हालेर सुतेको भरमा पनि मज्जाले कमाइ हुने गर्दछ। अंगालो हालेर सुतेर कमाउने कार्यमा यतिखेर अमेरिकाको न्यूयोर्क निवासी ३२ बर्षिया ज्याकी स्यामुअल देखिएकी छन्।

Angalo Haler Suter kamai

प्रोफेसनल कडलर अर्थात व्यावसायिक रुपमा अंगालो हालेर सुत्ने पेशा स्यामुअलले विगत केही वर्षयता गर्दैआएकी छन्। उनको कार्य भनेको नै कुनै धनाढ्य युवकसंग मज्जाले अंगालो हालेर सुत्ने हो। यसमा उनीसंग सुत्ने युवकले पनि उनलाई अंगालो हालेर मात्र सुत्न पाइन्छ। अरु केही गर्न नपाइने प्रावधान रहेको छ।

यही प्रावधान अनुरुप स्यामुअलले दैनिक ३ सय ६० डलर अर्थात नेपाली करिब ३६ हजार रुपैया कमाउंदैआएकी छन्। यही अंगालो हालेर सुत्ने पेशावाट आफ्नो पढाई तथा छोराको खर्च धानिरहेकी छन्। प्रतिघण्टा स्यामुअलले अंगालो हालेर सुतेवापत ६० डलर लिने गरेकी छन्। (एजेन्सीको सहयोगमा।)
प्रकाशन मिति–२०७२ साल चैत्र २२ गते सोमवार ।