Hawahuri 1काठमाडौ। काठमाडौ लगायत नेपालभर सोमवार अपरान्ह आएको अकस्मातको हावाहुरीले नेपाललाई फेरि तर्साएको छ। हावा–हुरी तथा चट्याङ्गले प्राय सवैको मनमा फेरि ठूलो भूकम्प आएको हो कि भन्ने डर तथा त्रास पैदा भएको थियो। अपरान्ह ३.४५ बजेतिर आएको हावा–हुरी तथा चट्याङ्ग परेको आवाजले काठमाडौ थर्कमान नै बनेको थियो।

काठमाडौमा अकस्मात आएको हावा–हुरी तथा चट्याङ्गले अन्तराष्ट्रिय विमानस्थलमा अन्तरराष्ट्रिय उडानहरु पनि प्रभावित बन्यो। विदेशवाट काठमाडौमा अवतरण गर्न लागेका दर्जनौ हवाईजहाजहरु डेढ घण्टा काठमाडौकै आकाशमा होल्ड गर्नुपरेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले जनाएको छ।

चितवनको रत्ननगरको जिरौनामा बर्षासंगै परेको चट्याङ्गले २ जनाको मृत्यु भएको छ। ८ जना घाइते भएका छन्। घाइते मध्ये ४ जनाको अवस्था गंभीर रहेको चितवन प्रहरीले जनाएको छ। नवलपरासी भिजन संसार प्रतिनिधि सुसिता श्रेष्ठका अनुसार चितवन तथा नवलपरासीमा अपरान्ह देखि राति ८ बजेसम्म अविरल पानी परेको छ।
प्रकाशन मिति–२०७२ साल चैत्र १ गते सोमवार ।