Chetan Karki 1

काठमाडौ। नेपाली चलचित्रका अग्रज व्यक्तित्व तथा बहुआयामिक व्यक्तित्वका धनी चेतन कार्कीलाई मंगलवार ललितपुरमा राष्ट्रिय अभिनन्दन गरिएको छ।

शुभारम्भ द म्युजिकल जर्नीले आयोजना गरेको राष्ट्रिय अभिनन्दन समारोहमा १६ संस्थासमेतले कार्कीको अभिनन्दन गरेका थिए।

अभिनन्दनका साथ कार्कीलाई ताम्रपत्र र रु तीन लाख प्रदान गरिएको थियो। चलचित्र, सङ्गीत तथा कविता, गीत, गजल, मुक्तक उपन्यासलगायत भाषा–साहित्यका क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै कार्कीलाई राष्ट्रिय अभिनन्दन गरिएको सम्मान समितिका संयोजक शव्दकर्मी साहित्यकार तथा चलचित्र निर्देशक प्रकाश सायमीले बताएका छन्।

Chetan Karki 1कार्कीले नेपाली भाषामा उपन्यास, लघु उपन्यास, गीत, कविता, गजलसहित साहित्यका विभिन्न विधामा १० भन्दा धेरै किताव लेखिसकेका छन् । उनासीवर्षीय कार्की शिक्षक, सरकारी कर्मचारी, गीतकार, चलचित्रका संवाद लेखक हुँदै निर्देशकसम्म बनिसकेका छन्।

Chetan Karki samman‘विश्वास’, ‘भुमरी’ र ‘पहिलो प्रेम’ जस्ता चलचित्रमा कार्कीको निर्देशनका साथै संवाद, पटकथा र गीत पनि छन् । सम्मानित कार्कीको निर्देशनमा टेलिभिजन शृङ्खला ‘मनको आँखा’ पनि निर्माण भएको छ। विसं २०१७ देखि नै रङ्गमञ्चमा प्रवेश गरेका कार्कीले ‘मनको बाँध’, ‘सिन्दुर’, ‘जीवन रेखा’सहितका चलचित्रमा संवाद लेखेका थिए।

Chetan Karki 2विसं २०२२ मा चलचित्र ‘विश्वास’बाट निर्देशन सुरु गरेका उनले सयौँ गीत पनि लेखेका छन्। कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशीले राष्ट्रको उन्नति र विकासका लागि संस्कृतिकर्मीको ठूलो भूमिका रहे पनि सरकारले त्यप्रति चासो नदेखाएकोमा चिन्ता व्यक्त गर्दै विद्यालयस्तरको पाठ्यक्रममा नै सङ्गीत समावेश गरी अध्ययनअध्यापन गर्नुपर्नेमा जोड दिए। अभिनन्दनपछि कार्कीले आफ्ना रचना वाचन गरेका थिए।

प्रकाशन मिति–२०७४ साल बैशाख ५ गते मंगलवार ।