काठमाडौ। नेपाल अडिटर्स एशोसिएसन (अडान) को चौथो राष्टिय परिषदको बैठक हेटौडामा हुने भएको छ। मिति २०७४ साल फाल्गुण ११ र १२ गते हेटौडामा हुने भएको हो

उक्त वैठक सम्पन्न गर्न विहीवार बसेको सचिवालयको बैठकले गत केन्द्रीय समितिको म्यान्डेट अडानका केन्द्रीय अध्यक्ष  मोहनराज रेग्मीको संयोजकत्वमा केन्द्रीय समितिका सम्पूर्ण पदाधिकार एवं सदस्यहरु एवं सल्लाहकार समिति, विशेषज्ञ समिति तथा अन्य समितिका पदाधिकारी एवं सदस्यहरु गरी जम्मा ५०१ सदस्यहरुको मुल आयोजक समितिको गठन गरिएको छ।

उक्त वैठक व्यवस्थापन गर्न अडान केन्द्रीय समितिका सचिव राजेन्द्र प्रसाद ढुङ्गानाको संयोजकत्वमा मूल व्यवस्थापन समितिको गठन गरिएकोछ। अडानको चौथो राष्ट्रिय परिषदको वैठक भव्य रुपमा सम्पन्न गर्न आवश्यक पर्ने उप–समितिहरु केन्द्रीय समितिसँग समन्वय गरी गठन गर्न सक्ने गरि निर्णय एबं पत्राचार समेत भैसकेको अडानका महासचिब डोलप्रसाद दाहालले बताएका छन्।

प्रकाशन मिति–२०७४ साल माघ ४ गते विहीवार ।