काठमाडौ। नेपाल अडिटर्स एशोसिएशन (अडान) का महासचिब डोलप्रसाद दाहालद्घारा प्रस्तुत सांगठनीक र कोषाध्यक्ष केशबराज आचार्यद्घारा प्रस्तुत आर्थिक प्रतिवेदन पारित गर्दै केन्द्रीय कार्यसमितिको बैठक १३ सूत्रिय काठमाडौ बिशेष प्रस्ताव जारी गर्दै सम्पन्न भएको छ।

Adan(1)

शनिवार संपन्न बैठकले संंविधान कार्यान्वयनको क्रममा घोषित प्रादेशिक संसद र केन्द्रिय संसद निर्वाचनको स्वागत गर्दै निर्वाचनको वातावरण निर्माण गर्न मांग गरेको छ । आगामी फाल्गुुण ११ र १२ मा राष्ट्रिय परिषदको बैठक हेटौडामा गर्ने निर्णय समेत गरेको छ ।

नेपालको संविधानको धारा १८ मा समानताको हकको ब्यवस्था गरिएको छ । धारा १८ उपधारा १ मा सबै नागरिक कानूनको दृष्टिमा समान हुने र कसैलाई पनि कानूनको समान संरक्षणबाट वञ्चित गरिने छैन भन्ने ब्यवस्थाको बिरुद्ध नेपाल चार्टर्ड एकाउन्टेट्स ऐन तथा नियमावलीमा सदस्यहरुमा विभेद रहेकोले यस्तो विभेद नेपालको संबिधानको भावनासंग बाझिएकोले यस्ता बाझिएका सम्पुर्ण प्रावधानहरु खारेज गरी उक्त संस्थामा दर्तावाला लेखापरीक्षकहरुका सम्बन्धमा समानुपातिक र समावेशी प्रतिनिधित्वको व्यवस्था गर्न सम्बद्ध निकायहरुसंग वैठकले जोडदार माग गरेको छ ।

Adan(2)

गैर–लेखाव्यवसायीहरुले कार्यालय खोली वा नखोली लेखापरीक्षणको नाममा अनधिकृत रुपमा काम गरेकाले लेखा व्यवसाय प्रति लाग्ने गरेको आरोपप्रति प्रतिवाद गर्दै गैर–लेखाव्यवसायीहरुको त्यस्ता कार्यलाई तत्काल रोक्न र कारवाही गर्न सम्बद्ध निकायसंग मांग गर्ने निर्णय गरेको छ । साथै देशभरि रहेका सबै लेखापरीक्षकहरुलाई त्यस्तो कार्य गर्ने विरुद्ध सचेत रहन समेत अपिल गरेको छ ।

बैठकमा अल नेपाल अडिटर्स एसोसिएसनमा आवद्ध सम्पुर्ण पदाधिकारी तथा सदस्यहरु दर्तावाला लेखापरीक्षकहरुको छाता संगठन नेपाल अडिटर्स एशोसिएशन (अडान) मा समाहित भएको घोषणा अल नेपाल अडिटर्स एसोसिएसनका अध्यक्ष निरञ्नजन नेउपानेले गरेका छन् । बैठकले निरन्जन नेउपाने र डि.आर. खनाललाई केन्द्रिय सल्लाहाकारमा मनोनयन गर्ने निर्णय समेत गरेको छ ।

Adan(3)
प्रकाशन मिति–२०७४ साल भाद्र १७ गते शनिवार ।