काठमाडौं। काभ्रेको मण्डन देउपुर स्थित भवानी प्राथमिक विद्यालयमा अध्ययनरत अति विपन्न ५० विद्यार्थीहरुलाई सहयोग गर्ने कार्य भएको छ। लायन्स तथा लियो क्लब चाबहिल सिटीले ती अति विपन्न ५० विद्यार्थीहरुलाई सहयोग गरेको हो।

मण्डन देउपुर नगरपालिका वडा नंबर ५ का वडा अध्यक्ष नेत्रप्रसाद ढकालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ती ५० अति विपन्न विद्यार्थीहरुलाई स्कूलको यूनिफर्म, ब्याग स्टेशनरी सामान र टिफिन वक्स सहयोग गरिएको हो। कार्यक्रममा सोही नगरपालिकाका वडा नंबर १० का वडा प्रमुख विष्णुमणि नेपाल, स्कुल व्यवस्थापनका अध्यक्ष वेदनिधी सापकोटा, स्कूलका प्रधानाध्यापक रामशरण भण्डारीले क्लबलाई धन्यबाद दिदै स्कुलको बस्तुस्थितिका वारेमा प्रकाश पारेका थिए।

कार्यक्रमका क्लब अध्यक्ष सनत मानन्धर, कार्यक्रम संयोजक लायन प्रद्युम्न जोशी र क्लबका कोषाध्यक्ष लायन विमल पौडेलले मन्तव्य सहयोगका वारेमा मन्तव्य राखेका थिए।
प्रकाशन मिति–२०७७ साल माघ १३ गते मंगलवार ।