काठमाडौ। स्वतन्त्र संसार महर्जन यो नामै यतिखेर नेपाली तथा नेपालभाषीहरुको लागि काफी छ। फरक सोच र फरक काम गरेर अग्रपंक्तीमा देखिएका स्वतन्त्र संसार महर्जनको संसार निक्कै फराकिलो भैसकेको छ।

नेपाली तथा नेपालभाषीहरु माझ पहिचान राखेर यतिखेर एम्स इन्टरटेन्टमेन्ट मार्फत विश्वव्यापी फैलिने कोशिशमा स्वतन्त्र संसार रहेका छन्।

Mr. Swatantra Sansar Maharjan ( Executive Director of Aims Entertainment Pvt. Ltd.)
Mr. Swatantra Sansar Maharjan ( Executive Director of Aims Entertainment Pvt. Ltd.)

देशभित्र तथा देशवाहिरका जुनसुकै स्थानमा हुने सांस्कृतिक इभेन्ट कार्यक्रमहरुमा अगुवाई गर्ने कार्य स्वतन्त्र संसारको एम्स इन्टरटेन्टमेन्टवाट हुंदैआएको छ। यो बर्षको दशैं महाउत्सव, पेज थ्री अवार्ड विजेता सम्मान, रविन्द्र शाही पच्चीस बर्षे यात्रा लगायतका दर्जनौ कार्यक्रमले स्वतन्त्र संसारको एम्स इन्टरटेन्टमेन्टले बेग्लै परिचय तथा पहिचान कायम गरिसकेको छ।

Mr. Swatantra Sansar Maharjan (Executive Director of Aims Entertainment) addressed in progm
Mr. Swatantra Sansar Maharjan (Executive Director of Aims Entertainment) addressed in progm

भुटेको तोरीको तेलको लागि सुप्रसिद्ध नगरी ललितपुर जिल्लाको खोकनामा जन्मी हुर्केका स्वतन्त्रको नामै स्वतन्त्र हो। नागरिकताको नाम स्वतन्त्र कुमार महर्जन भएतापनि पिता तेज वहादुर महर्जनले राखेको यो नाममा केही परिमार्जन गरेर व्यवहारमा भने, स्वतन्त्र संसार महर्जन भनेर पहिचान कायम गरेका छन्। डिजाइन तथा प्रिन्टिङका कार्यमा खोकनाको अग्रणी व्यक्तित्व नै स्वतन्त्र संसार महर्जन हुन भन्दा केही फरक पर्दैन।

खोकनामा एसएस प्रिन्टिङ स्थापना गरेर खोकनाका सवै डिजाइन तथा प्रिन्टिङ कार्य गरेर खोकनावासीको मन जितिसकेका स्वतन्त्र संसार खोकनाको परिचय पनि बनिसकेको छ। कम्प्युटरवाट राम्रा डिजाइन बनाउने त्यो सफल सिल्पी स्वतन्त्र संसारभित्र बेग्लै कलाकारिता रहेको छ। त्यो कलाकारितालाई सानैवाट खोकनामा देखाउने कार्य उनीवाट भएको छ।

त्यसको अलावा फिल्मी कलाकार बन्ने मनभरिको हुतहुतीका कारण नेपालभाषाको चलचित्र निफ्व स्वाँमा त हिरो नै बनेका छन्। नेपाली चलचित्र धमाकामा डाक्टर, अर्को नेपाली चलचित्र इतिहासमा अफिसर, लामो भागको अत्यन्त लोकप्रिय टेलिसिरियल गहनामा विदेश जाने युवाहरुको अगुवा लगायतका विविध भूमिकामा जीवन्त अभिनय गर्ने कार्य स्वतन्त्र संसारवाट भएको छ।

Swotantra Maharjan 2

टेलिसिरियल गहनामा विदेशमा रोजगारीमा पठाइदिने भनेर नेपाली युवाहरुलाई ठग्ने नेपाली कोमलिका प्रिया रिजाललाई ठिक पार्ने युवाको नेतृत्व गर्ने अभिनय गर्दाको त्यो जोश अझैपनि अभिनयको अत्यन्त स्मरणिय भएको स्वतन्त्र संसारले भिजन संसारलाई भनेका छन्।

अर्कोतर्फ तीन बर्षअगाडि नेपालभाषी दुई फिल्म जि बदमास मखु तथा इहिपाको फाइट सिन गर्दा–गर्दै अचानक शरीरको मेरुदण्डमा किटिक हुंदा शारीरिक समस्या उत्पन्न भएको क्षण स्वतन्त्र संसारको लागि यो संसार नै अध्यारो भएको थियो।

Swotantra Maharjan 1पछि डाक्टरी उपचारवाट त्यो समस्या स्पाइन ट्युमर भन्ने कुरा पत्ता लागेपछि त्यसको उपचार गरेर ट्युमर निकालिएको थियो। त्यो ट्युमर निकालेपछि स्वतन्त्र संसारलाई एक बर्ष बेडरेष्ट गर्न करै लागेको थियो। सधै जुझारु बनेर काममा हरदम खटिरहने बानीका स्वतन्त्र संसारका लागि एक बर्षको बेडरेष्ट जेलको कैद सजाय जस्तो बनेको थियो। त्यो कठिन समयलाई जसातसो दूर गरेर यतिखेर अगाडि बढ्ने क्रममा रहेको छ।

Swotantra Maharjan 3पूर्ण निको हुन अझै केही समय लाग्ने भनेर डाक्टरले भनेपनि सामान्य जीवनमा फर्केर पूर्ववत कार्य गर्ने दूसाहस उनीवाट हुंदैआएको छ। उक्लने तथा ओर्लने बेलामा सहयोगीको साथ चाहिने भएतापनि अन्य कार्य गर्दा आम मानिसले जस्तै सामान्य ढंगवाट स्कुटर चलाएर हिंड्न कार्य उनीवाट भैरहेको छ।

अत्यन्त आत्मबलका धनी स्वतन्त्र संसार सवैको लागि उत्साह अनि जोश पनि हो। उनीभित्रको लगाव तथा मेहनतले सवैले उनीवाट पाठ सिक्ने गरेका छन्। जस्तोसुकै कठिन कार्यलाई सहज ढंगवाट गर्न सकिन्छ भन्ने सकारात्मक सोचले नै उनलाई बलियो बनाएको छ। सवैको अगुवा तथा प्रेरक भएको छ।
प्रकाशन मिति–२०७४ साल असोज २६ गते विहीवार ।