Dr. Bhagwan Koirala 1काठमाडौ। नेपाल सरकारले पहिलो पल्ट अधिकार संपन्न चिकित्सा शिक्षा आयोग गठन गरेको छ।

शिक्षा मन्त्रीको अध्यक्षतामा गठन भएको उक्त आयोगमा कार्यकारी उपाध्यक्षमा डा.भगवान कोइरालालाई नियुक्त गरिएको छ। शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले आयोग गठन गरेर डा.कोइरालालाई नियुक्त गरिएको हो।

त्रिविवि शिक्षण अस्पताल महाराजगन्जका बरिष्ठ हाडजोर्नी विशेषज्ञ डा.गोविन्द केसीले पटक पटक अधिकार संपन्न चिकित्सा शिक्षा आयोग गठन नगरेको भनेर अनसन गरेबापतको उपलव्धीको रुपमा आयोग गठनलाई लिइएको छ।

प्रकाशन मिति–२०७२ साल माघ ८ गते शुक्रबार ।