Anmol KC with Sushmita Bomzonकाठमाडौ। नेपाली चलचित्र उद्योगमा तन्नेरी पुस्तामाझ निक्कै नै लोकप्रिय बन्न सफल नायक अनमोल केसीको मार्च ३० तारिखका दिन जन्मदिन परेको छ।

नेपाली क्यालेण्डर अनुसार चैत्र १७ गते अनमोलको जन्मदिन परेको छ। जन्मदिनको पूर्वसन्ध्यामा नायक अनमोलका आमा अभिनेत्री सुस्मिता बमजनले सन् १९९४ साल मार्च ३० का दिन काठमाडौको ओम अस्पतालमा अनमोल जन्माउंदाको त्यो पल तथा क्षणलाई संझेकी छन्।

Anmol KC

मार्च ३० को विहान ११ बजेर ३० मिनेटको समयमा अनमोललाई जन्म दिएकी सुस्मिता बमजन त्यो क्षणलाई अनमोल नै भएकोले उनको नाम उनको पिता सुपरस्टार नायक भुवन केसीसंग सल्लाह गरेर अनमोल राखिएको भनेकी छन्।

Anmol KC with Bhuwan KC

२२ बर्षको उमेरमा होस्टल रिटर्न, जेरी र पछिल्लो चलचित्र ड्रिम्सवाट निक्कै चर्चा तथा नाम–दाम पाएका छोरो पाएर अभिनेत्री बमजन निक्कै खुशी देखिएकी छन्। अनमोल भने पिता भुवन केसी र आमा सुस्मिताको केही बर्षअघि नै डिभोर्स भएकोले दुःखी देखिएका छन्। बाउ–आमालाई फेरि एक बनाउने कोशिश जारी रहेको भन्छन्। अनमोल बाउआमाको डिभोर्स पछि बाउ भुवन केसीसंग नै बस्दैआएका छन्।
प्रकाशन मिति–२०७२ साल चैत्र १६ गते मंगलवार ।