काठमाडौंँ । नेपाली चेली अनुश्मा रायमाझीले मिस इको एशियाको ताज जितेकी छन्। इजिप्टमा आयोजना भएको मिस इको इन्टरनेशनल २०२१ मा नेपाली चेली रायमाझीले मिस इको एशियाको ताज जितेकी हुन्।

मिस इको एशियाको ताज जितेर गत शुक्रवार नेपाल फर्केकी रायमाझीले नेपालको वातावरण र पर्यटन क्षेत्रमा काम गर्ने इच्छा व्यक्त गरेकी छन् । नेपालमा इको टुरिजमको विकासका थुप्रै सम्भावना रहेको आफुले पाएको बताएकी रायमाझीले इको टुरिजमको विकास गर्न सके देश अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन र आर्थिक आर्जन गर्न सजिलो हुने उनको भनाई रहेको छ।

विभिन्न ६० बढी देशका इको सुन्दरीहरुको सहभागिता रहेको प्रतियोगिता १८ मार्चदेखि ५ जुनसम्म इजिप्टमा आयोजना भएको थियो । २१ वर्षीय रायमाझीले कार्यक्रममा नेपालका कल्चरल ड्रेस, सांस्कृतिक र पर्यटकीय स्थानको भिडियोसहित सहभागी भएकी थिइन् ।

कार्यक्रमका लागि रायमाझीको पहिरन ड्रेस डिजाइनर मेगबी श्रेष्ठले तयार पारेकी थिइन्। प्रतियोगिताको लागि आवश्यक विभिन्न प्रशिक्षण अनिला श्रेष्ठले दिएकी थिइन् । ‘मिस इको इन्टरनेशनल’ एक प्रतिष्ठित अन्तर्राष्ट्रिय सुन्दरी प्रतियोगिता हो।

जसको एल.टी.सि.पि.अर्गनाईजेशनले ब्युटी फर इको’ जागृत गर्दै टुरिजम र वातावरणको विषयलाई मुख्य कार्यक्षेत्र बनाई इजिप्टबाट २०१५ देखि सुरु गरेको हो। यसको मुख्य उद्देश्य विश्वभरका पर्यावरण, संस्कृतिलाई अन्तर्राष्ट्रिय नेटवर्कमार्फत सूचना प्रवाह गर्ने रहेको छ।


प्रकाशन मिति–२०७७ साल चैत्र ३१ गते मंगलवार ।