Prasunaलण्डन। बेलायतमा यही आउने फरवरी महिनामा आयोजना हुन गैरहेको अन्तरराष्ट्रिय मोडलिङ्ग प्रतियोगितामा लण्डनमा कार्यरत नेपाली नर्स प्रसुना कँडेल छनौटमा परेकी छन्। रुल दि रनवे बेलायतले संसारभरबाट छानिएका मोडललाई सहभागिता गराउने क्रममा नेपाली नर्स कँडेल छानिएकी हुन्।

Prasuna-2

बेलायतको बर्मिङ्गममा हुन गैरहेको प्रतियोगितामा उनीसहित ३० जनाको कडा प्रतिस्पर्धा हुने भएको छ। अघिल्लो हप्तादेखि प्रारम्भ भएको फेसवुक तथा ट्वीटरमार्फतको अनलाइन भोटिङ्गमा कँडेलले करिब २७ हजार भोट पाएकी छन्। उनको प्रतिव्दन्दीको रुपमा एक भारतीय मोडल देखिएकी छन्। जसले २१ हजार भोट पाएको अनुमान गरिएको छ।

४ जनवरीसम्म चल्ने अनलाइन भोटिङ्गमा सर्वाधिक मत प्राप्त गर्ने एक मेल तथा फिमेल प्रतियोगीलाई पनि विजेता घोषणा गरिने जनाएको छ। नेपाली प्रतियोगी कँडेललाई पनि धेरै भन्दा धेरै अनलाइन भोटिङ्ग गरेर विजयी बनाउनको लागि बेलायतमा रहेका नेपाली समुदाय हाल निक्कै क्रियाशील रहेको पाइएको छ।
प्रकाशन मिति–२०७२ साल मंसिर २६ गते शनिवार ।