Biggunj 1काठमाडौ। विहीवार अपहरणमा परेका बीरगञ्जका उद्योगी व्यापारी सुरेश केडियाको अवस्था अझै अज्ञात रहेको छ। पारिवारिक स्रोतका अनुसार अपहरणकारीको तर्फवाट कुनैखाले माग आएको छैन्।

बाराका प्रहरी नायब उपरीक्षक विनोद शर्माको टोली केडियाको खोजीमा भारततर्फ लागेको प्रहरीले भनेको छ। बीरजञ्जमा नै रहेको भारतीय महाबाणिज्य दूतावास मार्फत पनि खोजविनमा सहयोग गरिदिन पहल गरिएको बताइएको छ।

बिहीबार साँझ व्यापारिक कामले बाराको वरियारपुर गएका खाद्य उद्योगका सञ्चालक तथा केडिया अर्गनाइजेशनका सदस्य सुरेश साँझ फर्किने क्रममा पसाहा पुल नजिकबाट अपहरणमा परेका थिए। उनी सवार बा १० च ७२४० नम्बरको गाडी रोकेर चालक श्याम उनेश कानुमाथि गोली प्रहार गरेका थिए।

हतियारधारी समूहले केडियालाई भारतीय नम्बरको सेतो गाडीमा राखेर हुँइकिएको प्रत्यक्षदर्शीले बताएका छन्। अनुहारमा गोली अड्किएका चालकको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार हुन नसकेपछि भारतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
प्रकाशन मिति–२०७३ साल जेठ १४ गते शुक्रबार ।