Bhoj Raj Shresthaकाठमाडौ। नेपाली कांग्रेसको भातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघका केन्द्रीय अध्यक्ष तथा महासमिति सदस्य भोजराज श्रेष्ठलाइ आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा निर्बाचनका लागि समानुपातिक प्रतिनिधित्वका लागि सिन्धुपाल्चोक क्षत्र नं.१ बाट सर्बसम्मत सिफारिस गरेको छ।

नेपाली कांग्रेस क्षेत्रिय सभापति बालकृष्ण बस्नेतको अध्यक्षतामा आश्विन १० गते बसेको बैठकले केन्द्रीय सदस्य नेपालका सूचना तथा संचारमन्त्री एबं प्रबक्ता मोहन बहादुर बस्नेतको विशेष उपस्थितिमा भएको बैठकले श्रेष्ठलाई सिफारिस गरेको हो।

लोकतान्त्रिक आन्दोलनमा लामो समयदेखि पार्टीको संगठनमा रहेर सामाजिक बहिस्कारमा परेका अपाङ्गता भएका ब्यक्तिहरुलाइ मुलधारमा ल्याउन संविधान निर्माणमा नेतृत्वदायी भुमिका खेल्ने कार्य श्रेष्ठवाट भएको छ।

संबिधानले ब्यवस्था गरेको समाबेशी सिद्धान्तलाइ सफल कार्यान्वयन गर्न भोजराज श्रेष्ठलाई प्रतिनिधि सभा समानुपातिक सदस्यको लागि नाम सिफारिस गरेका हुन्। प्रत्यक्ष उम्मेदवारमा बर्तमान सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतको एकल नाम सिफारिस भएको छ।
प्रकाशन मिति–२०७४ साल असोज १२ गते विहीवार ।