काठमाडौं। नेपाली कांग्रेस यतिखे १४ औं महाअधिवेशनको संघारमा रहेको छ। आगामी मंसीर ९ देखि १३ गतेसम्म कांग्रेसले १४ औं महाधिवेशन गर्ने तयारी लगभग निश्चित गरिसकेको छ। त्यसका लागि क्षेत्रिय प्रतिनिधि चयन देखि वडा सभापतिको निर्वाचन कतिपय जिल्लाहरुमा पूरा भैसकेको छ। बाँकी कतिपय जिल्लाहरुमा असोजको पहिलो हप्तामा संपन्न भैरहेको अवस्था रहेको छ।

यसक्रममा, सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाउंपालिका वडा नंबर ३ धुस्कुन क्षेत्रिय अधिवेशन संपन्न भएको छ। अधिवेशनले नेपाली कांग्रेसको राजनीतिमा सधैं अग्रपंक्तीमा देखिदैआएका बरिष्ठ अपाङ्गता मानवअधिकारकर्मी एवम् लोकतान्त्रिक अपाङ्ग संघका केन्द्रिय अध्यक्ष तथा महासमितिका सदस्य भोजराज श्रेष्ठलाई क्षेत्रिय प्रतिनिधिमा निर्बिरोध निर्वाचित गरेको छ।

नेपाली कांग्रेसका संस्थापकको रुपमा नेतृत्वदायी भूमिकामा रहेका श्रेष्ठले विसं.२०४२ सालको सत्याग्रहलाइ सघाउंदै बिद्यार्थी जीवनदेखि नै राजनितिमा होमिएका थिए। पञ्चायतको बिरोधमा सकृय श्रेष्ठले कम्युनिष्टको उर्बरभुमिमा कांग्रेसको जग बसालेर कांग्रेसका केन्द्रीय सदस्यको उपस्थितिमा कांग्रेसको संगठन बिस्तारमा महत्वपुर्ण भुमिका निर्बाह गरेका थिए।

विसं.२०४८ सालदेखी निरन्तर क्षेत्रिय प्रतिनिधी निर्बाचित हुंदैआएका श्रेष्ठले धुस्कुन नेपाली कांग्रेसका संस्थापकहरु माधबबहादुर भण्डारी,तिलकबहादुर थामी,गोबिन्द भण्डारी तुल्सीकुमार श्रेष्ठ,नारायण श्रेष्ठ जस्ता साथीहरुको सहयोगमा आफ्नो राजनीतिक अभियानलाई निरन्तरता दिने कार्य गर्दैआएका छन्।
प्रकाशन मिति–२०७८ साल असोज ६ गते बुधवार ।