काठमाडौ। हिन्दूहरुको आराध्यदेव पशुपतिनाथको मन्दिर भुवनेश्वरी प्राङ्गण परिसरमा विश्व भागवत धाम नेपाल Accessible Himalaya र अपाङ्गमैत्री नेपालको संयुक्त आयोजनामा श्रीमत भागवत तथा बेल पत्र अर्पण कार्यक्रम शुभारम्भ भएको छ।

Srimat Bhagwat 3अपाङ्गमैत्री एम्बुलेन्स तथा पुर्नस्थापना केन्द्रको सहयोगार्थ कार्यक्रम भएको हो। यस महायज्ञ कार्यक्रमको नेपालका पूर्वमन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले उद्घाटन गरेर शुभारम्भ गरेका हुन्। नेपालमा हालसम्म अपाङ्ग मैत्री एम्बुलेन्स हुँदा अपाङ्गता भएका ब्यक्तिहरुलाई समस्या परिरहेको छ।

त्यसलाई मध्यनजर गरेर स्वदेशी–विदेशी पर्यटन तथा विभिन्न संघ सस्थामा भएको आश्रित अपाङ्गताहरुलाई सो एम्बुलेन्सबाट सेवा दिने उद्देश्यले नेपालमा पहिलो पटक खरिद गर्न यस कार्यक्रमको शुभारम्भ गरिएको आयोजकहरुले बताएका छन्।

Srimat Bhagwat 2

यस कार्यक्रमबाट उठेको सहयोग रकमबाट एम्बुलेन्स खरिद गर्न श्रीमत भागवत साथै पशुपतिनाथमा सवा करोड वेलपत्र अर्पण गर्ने कार्य भैरहेको हो। बाल–तपश्वी पं.श्री उत्तम भट्टजी महाराजद्वारा सुमधुर भक्ति संगीत र विभिन्न देवी लीलाको साथमा कथा वाचन भैरहेको आयोजकले भनेको छ।

यही साउ १० गतेसम्म विहान ७ बजे देखि बेलुका ७ बजेसम्म श्रीमत भागवत बाचन कार्यक्रम हुने भएको छ। यस कार्यक्रममा सम्पूर्ण भक्तजनलाई सहभागी भएर भक्तिलाभ गर्नुहुन मूल समारोह समिति अध्यक्ष काजीलाल श्रेष्ठले अपिल गरेका छन्।

कार्यक्रम विश्व भागवतधाम नेपालका संयोजक वासुदेव घिमिरेको सञ्चालन गरिरहेका छन्। साथमा चर्चित धार्मिक कलाकारहरुको झाँकी सहितको विशेष प्रस्तुति समावेश भैरहेको पनि आयोजकले भनेको छ।

Srimat Bhagwat 1प्रकाशन मिति–२०७४ साल साउन ३ गते मंगलवार ।