Sunita Thakur 3काठमाडौ। भावुकता तथा गंभीरता अनि खुशी र उमंगको समिश्रण नै जिन्दगीको परिभाषाभित्र पर्ने गर्दछ। त्यो परिभाषाभित्र अभिनय गर्ने धेरै कलाकारका खुशी र गंभीरतामा अभिनय एकनाश नहुन सक्छन्।

फरक परिवेश र फरक पहिचानमा ती कलाकारका अभिनयमा भिन्नता हुनु स्वभाविक मानिन्छ। यिनै स्वभाविकताभित्रकी एक फरक पहिचान बोकेकी कलाकार सुनिता ठाकुर पनि हुन्। विवाह अगाडि सुनिता श्रेष्ठको नामवाट चिनिएकी किन हो–कुन्नि विवाह पश्चात उनी श्रीमानको पहिचानवाट चिनिन चाहिन्।

सोही चाहना बमोजिम सुनिता ठाकुर बनेकी उनलाई यही नामको कारण धेरैले भारतीय अभिनेत्री भन्न चुकेनन्। कति समयसम्म सुनिता ठाकुर नामकै कारण भारतीय पहिचान बोकेकी सुनिता ठाकुरलाई नेपाली कलाकार भनेर आफैले आफैलाई चिनाउन पनि कठिन भयो।

नेवार संस्कृति र कलामा हुर्केकी पाटनको ठेट नेवार परिवारकी छोरी भारतीय परिवारमा बुहारी बन्न पुग्दा कम्ता गाह्रो भएन ! त्यो सुनिता आफैले यदाकदा मुखवाट फुत्त बोल्ने कुरा हो। अन्तरदेशिय तथा अन्तरजातिय विवाहको स्वाद तथा बेस्वादमा आफ्नो प्रेमलाई सफल बनाउने यी कलाकार सुनिता ठाकुरले धेरै साना तथा ठूला चलचित्रमा अभिनय गरिसकेकी छन्।

अझ रंगमंचिय नाटकका कुरा समेत गर्ने हो भने, सयौंको संख्यामा पुगिसकेको छ। मैना जस्तो स्वभाविक चलचित्रमा मानवअधिकारकर्मीको भूमिका, व मिसा नामक नेपालभाषाको चलचित्रमा आमाको जीवन्त रोल, कथा काठमाडौमा फरक भूमिका, यो माया साइनो लगायत धेरै चलचित्रमा धेरै टाइपका अभिनयमा जमिसकेकी सुनिता ठाकुरमा अभिनयको खानी नै रहेको छ।Sunita Thakur 1त्यो खानीलाई पहिचान गर्न सक्ने निर्देशकहरुले विभिन्न चलचित्रहरुमा उनको प्रतिभालाई उजागर पार्ने कार्य भएको छ। यसो भएतापनि सुनिता ठाकुर चरित्र अभिनेत्रीको भूमिकावाट अभिनेत्री बन्न भने सकेकी छैनन्। त्यसमा उनको खासै कुनै गुनासो छैन्। चरित्र अभिनेत्रीमा जमेर अभिनय गर्नुको मज्जा त्यो अभिनेत्री यानी हिरोइनमा नहोला। त्यसको स्वाद राम्रोसँग नै थाहा भएर पनि होला, विभिन्न प्रलोभनमा आउने गरेका अभिनेत्रीका भूमिकालाई खासै मतलव गर्ने कार्य पनि उनीवाट भएको छैन्।

यो उनीभित्रको स्वाभिमान र फरक क्षमता भन्नेहरुको पनि कुनै कमी छैन्। नेपाली तथा नेपालभाषाका चलचित्रको अलावा हिन्दी भाषाका चलचित्रमा समेत अभिनय गरिसकेकी उनी अभिनयकी अब्बल नै हुन्। यसो भएतापनि अझै आफूले भनेजस्तो फरक क्षमताको फरक भूमिकामा अभिनय गर्न नपाएको गुनासो गर्ने उनीभित्रको यो असंतुष्टि अनि छटपटाहतले नै उनलाई उच्च बनाइरहेको उनी निकटवर्तीहरुको नै भनाई रहेको छ।

Sunita Thakur 2प्रकाशन मिति–२०७४ साल असार १० गते शनिवार ।