काठमाडौं। अमेरिकामा रहेका नेपालका ख्यातिप्राप्त अभिनेता सुधाँशु जोशीले अमेरिकाको ह्याप्पी थ्यांक्स गिभिङ–डेको अवसर पारेर नेपालमा रहेको समता  सहयोग गरेको छ। काठमाडौंको बौद्धमा रहेको समता स्कुलमा अध्ययनरत असहाय अनाथ विद्यार्थीहरुको सहयोगार्थ अभिनेता जोशीले नेपाली १ लाख ४० हजार रुपैया सहयोग गरेको हो।

लामो समयदेखि अमेरिकामा बसोबास गर्दैआएतापनि नेपाल र नेपालीको सधै चिन्ता गरिरहने अभिनेता जोशीले समता स्कुल मार्फत असहाय अनाथ विद्यार्थीहरुको अध्ययन अध्यापनमा थोरै भएतापनि सानो सहयोग गर्न पाउंदा अत्यन्त खुशी लागेको वताएका छन्। यसअघि पनि हेल्प नेपाल मार्फत शिक्षा क्षेत्रमा सहयोग स्वरुप ५ हजार अमेरिकी डलर नेपालमा सहयोग गरिसकेका छन्।

लामो समयदेखि अमेरिकामा बसोबास गर्दैआएतापनि नेपाल र नेपालीको सधै चिन्ता गरिरहने अभिनेता जोशीले समता स्कुल मार्फत असहाय अनाथ विद्यार्थीहरुको अध्ययन अध्यापनमा थोरै भएतापनि सानो सहयोग गर्न पाउंदा अत्यन्त खुशी लागेको वताएका छन्।

अमेरिकाको टेक्सास स्थित आइटी कंपनीमा एडमिनिस्ट्रेसन चिफका रुपमा कार्यरत अभिनेता जोशीले यसअघि पनि महाभूकम्पको बेला नेपालमा महाभूकम्प पीडितहरुको लागि सक्दो राहत सहयोग प्रदान गरेका थिए।

पचासको दशकको सुपरहिट नेपाली फिल्म जाली रुमालवाट फिल्मी करियर बनाएका अभिनेता जोशीले त्यसपछि जयबाबा पशुपतिनाथ, नेपाल, सांग्रिला लगायतका विभिन्न चलचित्रहरुमा स्वभाविक अभिनय गरेर बेग्लै इमेज राखेका थिए। फिल्मी अभिनयको अलावा मोडलिङमा पनि अब्बल दर्जाका अभिनेता जोशी राम्रा गीत पनि लेख्छन्। आफूले लेखेको संगै जिऔं बोलको गीत गाएर सोही गीतको भिडियोमा नायक समेत बनेर अभिनय गरेका थिए। हालैमात्र अमेरिकामा ग्लोबल नेपाल डायस्पोरा अभिनेता अवार्डवाट सम्मानित अभिनेता जोशी समाज सेवामा बेग्लै आनन्द आउने वताउछन्।

प्रकाशन मिति–२०७९ साल मंसीर ८ गते विहीवार ।