us-air-strike-nato-finalअफगानिस्तान। अमेरिकाआवद्ध हवाई आक्रमणमा परी अफगानिस्तानमा १६ अफगान प्रहरीको मृत्यु भएको छ। हेलमान्ड प्रान्तमा शुक्रबार अफगान प्रहरीको एक समूहले गाउँमा तालिवान आतंककारीहरु लक्ष्य गर्दै कारबाही गरिरहेको अवस्थामा सो घटना भएको प्रहरी प्रवक्ता सलाम अफगानले एएफपी समाचार समितिलाई जानकारी दिएको छ।

हेलमान्ड प्रान्तको गेरेसक जिल्लामा तालिवान आतंककारी समूहले नियन्त्रणमा लिएको परिसर लक्षित सो हवाई आक्रमण भएको थियो। अफगान सुरक्षाबललाई सघाउन गरेको यस हवाई आक्रमणमा आफ्ना अफगान मित्रहरुको नै मृत्यु भएको ‘नेटो मिसन इन अफगानिस्तान’द्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ। प्रकाशित विज्ञप्तिमा दुभाग्यबस भएको यस घटनामा ज्यान गुमाएका सैनिक परिवारलाई गहिरो समवेदना व्यक्त गरिएको पनि बताइएको छ।

त्यहाँको गृह मन्त्रालयका प्रवक्ता नजिब दानिसले यस घटनाको अनुसन्धान र पिडितका परिवारलाई सहयोग गर्नको लागि मन्त्रालयबाट एक प्रतिनिधि मण्डल त्यसतर्फ पठाएको बताएका छन। गत फेब्रुअरीमा सनगीन जिल्लामा अमेरिकाआवद्व एकहवाई आक्रमणमा परी १८ सर्वसाधारण मारिएका थिए । मारिएका ती सर्वसाधारणमा प्रायः महिला र बालबालिका रहेका थिए।
प्रकाशन मिति–२०७४ साल साउन ७ गते शनिवार ।