US Nepali Film Award 2काठमाडौ। नेपाली सिनेमाको विकासमा एउटा नयाँ आयाम थप्ने उदेश्यले नेपाल फिल्म सोसाइटी, अमेरिका नेपाल टेलिभिजन र बीआरटीनेपाल डटकमको आयोजनामा गत बर्ष ग्लोबल नेपाली फिल्म अवार्ड भएको थियो। त्यसैको दोश्रो संस्करणको रुपमा अमेरिकाकै कोलोराडोमा यो बर्ष हुने काठमाडौमा आयोजित पत्रकार सम्मेलनमा भनिएको छ।

खुम्बु खोल्च ग्लोबल नेपाली फिल्म अवार्ड नाम दिएको यो बर्षको उक्त अवार्ड कार्यक्रम यही आउने अगष्ट १९ तारिखका दिन अमेरिकाको कोलोराडोको डेन्बर सिटीमा हुने नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लले भनेका छन्। अवार्डको विधालाई फराकिलो बनाउंदै यो बर्ष २० विधामा अवार्ड प्रदान गरिन लागेको जानकारी पनि अध्यक्ष मल्लले बताएका छन्। यो बर्षवाट भुटानिज समुदायवाट एक कलाकारलाई पनि अवार्डेट गर्ने भएको पनि कार्यक्रममा मल्लले बताए।

Vetran Nepalese Actor Mr. Krishna Malla
Vetran Nepalese Actor Mr. Krishna Malla

कोलारोडोकै खुम्बु खोल्च प्रायोजक रहेको बताइएको कार्यक्रममा प्रायोजकका तर्फवाट खुम्बु खोल्चका अध्यक्ष लाक्पा शेर्पाले आफू २० बर्षअघि स्टुडेन्ट भिषामा अमेरिका पुगेको र त्यही पढ्दै–बस्दै गरेर व्यवसायी बनेको बताउंदै अमेरिकाको कोलारोडो अमेरिकाको सोलुखुम्बु जस्तै हिमाली क्षेत्र भएकोले यो स्थानमा नेपाली फिल्म अवार्ड कार्यक्रम हुनाले नेपालको पर्यटन प्रवद्र्धनमा अत्यन्त सहयोगी भूमिका खेल्ने जिकिर गरेका छन्।

US Nepali Film Award 1

अवार्डको सहप्रायोजक सिटौला ब्रदर्सको रोयल नेपाल रेष्टुरेन्ट, यती टेक्नोलोजी टेक्सास, नेपालीव्दारा संचालित पलम्बिक सेवा र सगुन समूह रहेको छ। आयोजकका तर्फवाट कलाकार नवराज श्रेष्ठले नेपाली चलचित्रलाई अन्तराष्ट्रिय स्तरमा प्रवद्र्धन गर्नु रहेको बताएका छन्। आगामी बर्ष यो अवार्ड अष्ट्रेलियामा हुने तय पनि भैसकेको जानकारी कार्यक्रममा श्रेष्ठले दिएका छन्।

Vetran Nepalese Actor Mr. Sunil Thapa
Vetran Nepalese Actor Mr. Sunil Thapa

आफ्नो लक्ष्य भनेको नै हाललाई ओस्कार अवार्ड भएको बताउने ख्यातिप्राप्त अभिनेता सुनिल थापाले आफू गतबर्ष अमेरिकाको कोलारोडोमा नै भएको ग्लोबल नेपाली फिल्म अवार्डमा सहभागिता जनाउंदा अत्यन्त गर्ब लागेको र निक्कै सकारात्मक कार्य भएको दावी गरेका छन्।

गतबर्ष यस अवार्ड कार्यक्रमको लागि नेपालवाट गएका कोही पनि कलाकार अमेरिकामा नलुकेको तथा सम्मानजनकरुपमा नेपाल फर्केर यस अवार्डको गरिमा बढाएको दावी पनि अभिनेता थापाको रहेको छ। हाँस्यअभिनेत्री बसुन्धरा भुसालले भने आफू गतबर्षको अवार्डमा कोलारोडोमा मज्जाले नाचेको अझै याद आइरहेको बताउन चुकिनन्।

कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटी, नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, नेपाल चलचित्र संघका अध्यक्ष प्रदीप उदय, चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष सन्दीप सापकोटा र चलचित्र विकास वोर्डको प्रतिनिधित्व गरेर चलचित्र पत्रकार अशोक प्यासी राईले शुभकामना दिएका थिए। ग्लोबल नेपाली फिल्म अवार्डका संयोजक शैलेश पोखरेल रहेका छन्।

अमेरिका आयोजक टीममा राजु सिटौला, पदम विश्वकर्मा, बासु खनाल र जोशन श्रेष्ठ रहेका छन्। त्यसैगरेर, नेपालको आयोजक कमिटीमा अध्यक्ष कृष्ण मल्ल, आयोजनक व्यवस्थापक समिति अध्यक्ष मधु कुमार श्रेष्ठ रहेको पनि जनाइएको छ। आयोजक व्यवस्थापन समिति सदस्यहरुमा एस के श्रेष्ठ, सुभाष थापा, भास्कर श्रेष्ठ, चेतवहादुर राजा, सुनिल कटुवाल र राजु बिसुराल छन्। कार्यक्रम सल्लाहकारमा बसुन्धरा भुसाल, शिव श्रेष्ठ, भुवन केसी, शंभुजीत बाँस्कोटा, सुनिल थापा र रामकेशर बोगटी रहेको पनि आयोजकले भनेको छ।
प्रकाशन मिति–२०७४ साल जेष्ठ ११ गते विहीवार ।