CobWeb 1काठमाडौ। नेपालको चर्चित रक–व्याण्ड कबवेबले अमेरिकामा विशेष पप–म्युजिक तहल्का कन्सर्ट गर्ने भएको छ। नेपालीहरुको बाँक्लो बसोबास भएको अमेरिकाको बोस्टर्नमा कबवेब लाइभ कन्सर्ट हुन लागेको हो।

यही सेप्टेम्बर ९ तारिखका दिन बोस्टर्नमा हुने लाइभ कन्सर्टका लागि नेपालवाट कबवेब रक–व्याण्ड अमेरिका प्रस्थान गरिसकेको छ। एबरोड नेपाल इन्टरटेन्टमेन्टको आयोजनामा हुन गैरहेको कबवेब लाइभ कन्सर्ट विशेषत नेपालका बाढी पीडितहरुको सहयोगार्थ कार्यक्रम हो।

यसअघि पनि अमेरिकामा आयोजक एबरोड नेपाल इन्टरटेन्टमेन्टले नेपालका चर्चित कलाकारहरु निम्बा रुम्बा, एडरिन प्रधान, नरेन लिम्बु लगायत धेरैलाई लगेर उनीहरुको कार्यक्रम सुपरहिट बनाएको आयोजकको दावी रहेको छ। नेपाली कलाकारहरुको प्रतिभा र उनीहरुको ट्यालेन्टलाई विश्वभर चिनाउने उदेश्यले पनि यसप्रकारको कार्यक्रम गरिदैआएको जिकिर पनि आयोजकको रहेको छ।

CobWeb 2कबवेब व्याण्डको स्थापना सन् १९९८ मा भएको हो। जसमा भोकलिष्ट तथा गितारिष्ट दिवेश मुल्मी, भोकलिष्ट सञ्जय अर्याल, लिड गितारिष्ट सिर्जन विक्रम ज्ञवाली, बेस गितारिष्ट निलेश जोशी र ड्रममा सिद्धार्थ धाख्वा व्याण्ड मेमबर रहेका छन्। यो व्याण्डको हिट एल्बमहरुमा रक एल्बम कबवेब, रोलिङ्ग स्ट्रिङ्गस्, मर्सिडिज बेन्ज, रक एण्ड रोल लगायतका छन्।

प्रकाशन मिति–२०७४ साल भाद्र १४ गते बुधवार ।