काठमाडौ। अत्यन्त चर्चाको शिखरमा रहेको नेपाली कथानक चलचित्र अमेरिकन बाबु मेड इन नेपालको अमेरिकामा फेरि रिसुट भएको छ। अमेरिकाको न्यूयोर्क शहरमा अमेरिकन बाबु मेड इन नेपालको रिसुट भएको हो।

अमेरिकन बाबु मेड इन नेपालको छायाँकनको क्रममा अमेरिकामा आएको मौसमी गडबढी तथ कलाकारहरुको समय अभावको कारण रिसुट गर्नुपरेको निर्माण संस्था ड्रिम्सगेट फिल्मसले जनाएको छ। रिसुट गरिएको चलचित्र अमेरिकन बाबु मेड इन नेपालको हलिउड स्टाइलमा छायाँकन भएको छ। जसमा अमेरिकामा रहेका प्रसिद्ध छायाँकार शंभु मोक्तानले चिसो र चिप्लो हिउंमा समेत साहसपूर्वक छायांकन गरेर अभूतपूर्व कार्य गरेको निर्माण संस्थाले जनाएको छ।
क्यानाडामा रहेका चलचित्र अमेरिकन बाबु मेड इन नेपालका लेखक, निर्देशक, सम्पादक तथा फाइट निर्देशक ईश्वर थापाको परिकल्पना तथा परिमार्जन स्वरुप हलिउड स्टाइलमा रिसुट गरिएको छ। जसमा अष्ट्रेलियावाट अमेरिका पुगेकी हट नेपाली गायिका स्मृति पोखरेलका साथमा कृश थापा, जङ्बु शेर्पा, राजेश गुरुङ र प्रवेश उप्रेती पाउलले बबाल अभिनय गरेका छन्।

फाइटका संपूर्ण दृश्यको कम्पोज तथा निर्देशन निर्देशक ईश्वर थापा आफैले गरेका छन्। मल्टी ट्यालेन्टेट ईश्वर थापाको काम गर्ने तौर–तरीकालाई हट गायिका स्मृति पोखरेलले पनि दिल खोलेर प्रशंशा गरेकी छन्। अमेरिकन बाबु मेड इन नेपालको काम बबाल राम्रो भएको र ईश्वर थापाको काम अत्यन्त राम्रो भएको उनले भनेकी छन्।

प्रकाशन मिति–२०७४ साल माघ ८ गते सोमवार ।