काठमाडौ। चलचित्र कोहिनूरको सफल निर्देशन पश्चात निर्माण गरिएको आकाश अधिकारीको चलचित्र के म तिम्रो होइन र नेपालको सफल रिलिजको लगतै अमेरिकामा रिलिज गरिएको छ। असार ४ गते अर्थात जुन १८ को दिन अमेरिकाको सान फ्रान्सिस्को स्थित मचान थियटरमा रिलिज भएको छ।

K Ma timro Hoina ra

चलचित्रका हिरो आर्यन अधिकारीको उपस्थितिमा करिब ५ सय दर्शक क्षमता भएको उक्त हलमा चलचित्र रिलिज हुंदा आर्यनको निक्कै नै चर्चा भएको अमेरिका स्थित समाचार स्रोतले बताएको छ।

कार्यव्यस्तताका कारण पहिलो शोमा उपस्थित हुन नसकेका चलचित्रका निर्देशक आकाश अधिकारी जुलाइको दोश्रो साता अष्ट्रेलिया हुँदै अमेरिका पुग्नेछन्।

प्रकाशन मिति–२०७३ साल असार ६ गते सोमवार ।