Inash USA 2काठमाडौ। बेलायतवाट अमेरिका पुगेका नेपाली कलाकार मनिष कुमार श्रेष्ठ त्यहाँ सम्मानित बनेका छन्। अमेरिकाको कोलाराडो स्थित अन्तरराष्ट्रिय नेपाली कलाकार समाज (इनास–युएसए)को आयोजनामा भएको कार्यक्रममा कलाकार श्रेष्ठलाई विशेष सम्मान गरिएको हो।

Inash USA 1इनास अमेरिका क्षेत्रिय संयोजक एवम् अध्यक्ष साबु गदाल कार्कीको प्रमुख आतिथ्य र आयोजनामा भएको कार्यक्रममा इनास युकेको पूर्वअध्यक्ष तथा प्रमुख सल्लाहकार कलाकार श्रेष्ठले नेपाली कलाकारिता दिएको योगदानको कदर स्वरुप सम्मान प्रदान गरिएको हो। इनास कोलाराडोकी महासचिव निशा घिमिरेले संचालन गरिएको कार्यक्रममा कलाकार मनिष कुमार श्रेष्ठको साथमा कवि तथा चलचित्र लेखक एवम् निर्देशक राजेन्द्र शलभलाई पनि सम्मान गरिएको थियो।

Inash USA 4सम्मान कार्यक्रममा नेपाली चलचित्रका कादरखान नामले चर्चित गीतकार गोपालजी नेपाली, बरिष्ठ चलचित्र प्राविधिक ध्वनी संयोजक गेहेन्द्र धिमाल, ग्लोबल नेपाली फिल्म अवार्ड समितिका अध्यक्ष नवराज श्रेष्ठ, रक्की माउण्टेन फ्रेण्डस अफ नेपालका अध्यक्ष विनोद त्रिपाठी, अ.ने.सा.स.अमेरिका केन्द्रिय अध्यक्ष पदम विश्वकर्मा, हेल्प नेपाल युके कोषाध्यक्ष सचिन श्रेष्ठ, नायिका प्रतिष्ठा प्रसाई, निर्माता रवि कार्की लगायतले सम्मानित दुई व्यक्तित्व श्रेष्ठ र शलभको योगदानको चर्चा गर्दै बधाई ज्ञापन गरेका थिए।

Inash USA 5यसअघि कोलाराडोमा नै आयोजित ग्लोबल नेपाली फिल्म अवार्डमा पनि विशेष फिल्म अवार्डवाट कलाकार मनिष कुमार श्रेष्ठ अवार्डेट बनेका थिए।

Manish in USAप्रकाशन मिति–२०७४ साल भाद्र ७ गते बुधवार ।