Bishwo Sandesh celebration 1काठमाडौ। अमेरिका प्रवास न्यूयोर्कबाट विगत आठ बर्षदेखि निरन्तर प्रकाशित हुंदैआएको सामुदायिक नेपाली पत्रिका विश्वसन्देश साप्ताहिकले प्रकाशनको नवौं बर्षको प्रवेशमा अमेरिकामा फोक्सो प्रत्यारोपणको प्रतिक्षामा बसेकी नेपाली चेली प्राशा तुलाधरको उपचार्थ सहयोग रकम हस्तान्तरण गरेको छ। विश्वसन्देश साप्ताहिकको अगुवाईमा संकलित रकममा ११११ अमेरिकी डलर पत्रिकाले थप गरेर विरामी प्राशाको परिवारलाई २४ हजार १ सय ७० अमेरिकी डलर हस्तान्तरण गरिएको छ।Bishwo Sandesh celebration 5

न्यूयोर्कको ज्याक्सन हाइटमा आयोजित विश्वसन्देश साप्ताहिकको नवौ बर्ष प्रवेश समारोहमा प्राशाको परिवारलाई हस्तान्तरण गरिएको हो। हस्तान्तरण कार्यक्रममा विश्वसन्देश साप्ताहिकका प्रधानसम्पादक विजय पौडेलले हरेक बर्ष विश्वसन्देशको बार्षिक उत्सवको अवसरमा कुनै न कुनै सामाजिक कार्य गर्ने अभियान अन्तर्गत यो बर्ष फोक्सो प्रत्यारोपण गर्न प्रतीक्षामा रहेकी नेपाली चेली प्राशालाई सानो सहयोग गर्न विश्वसन्देश सफल भएको बताए।

पत्रकारिता लेख्नु, बोल्नु मात्र नभइकन सामाजिक उतरदायित्व पनि भएको प्रधानसम्पादक पौडेलले भनेका छन्। प्राशाको उपचारार्थ अमेरिकालगायत इजराजयलमा बस्ने नेपालीहरुको सहयोगवाट त्यति रकम संकलन हुन पुगेको प्रधानसम्पादक पौडेलले जानकारी गराए।

Bishwo Sandesh celebration 2

कार्यक्रममा अमेरिकामा रहेका नेपालीहरुको उल्लेखनिय सहभागिता रहेको थियो। कार्यक्रमका अतिथि बक्ताहरुले प्रवासमा नेपाली पत्रिका विश्वसन्देश साप्ताहिकले गरेको त्यसप्रकारको कार्य अत्यन्त प्रशंशनिय भएको बताएका छन्।

Bishwo Sandesh celebration 3

प्रकाशन मिति–२०७२ साल पुष २० गते सोमवार ।