us-flage

काठमाडौ। राष्ट्रपति निर्वाचन आउन दुई सातामात्र बाँकी छँदा ओबामा प्रशासनले भूकम्पपीडित नेपालीका लागि ‘टेम्पोररी प्रोटेक्टेड स्टास्टस,(टीपीएस) म्याद थप डेढ वर्षका लागि बढाएको छ।

संघीय सरकारको यो निर्णयसँगै अब कागजपत्र नभएका नेपालीले सन् २०१८ जुन २४ सम्म अमेरिकामा बस्न र काम गर्न पाउनेछन्। गत वर्ष वैशाखमा गएको भूकम्पपछि त्यही वर्ष जुन २४ मा त्यो बेलासम्म अमेरिका प्रवेश गरेका नेपालीका लागि अमेरिकी सरकारले डेढ वर्षको टीपीएस सुविधा दिएको थियो।

राष्ट्रपति उम्मेदवारद्वय डेमोक्रेटकी हिलारी क्लिन्टन र रिपब्लिकनका डोनाल्ड ट्रम्पबीच आप्रवासी नीतिमा आकाशजमिनको मतभेद रहेका बेला ओबामा प्रशासनले मंगलबार संघीय सरकारको वेबसाइटमा यस्तो सूचना प्रकाशित गरेको हो।
प्रकाशन मिति–२०७३ साल कात्तिक ११ गते विहीवार