American (1)

काठमाडौ। विश्वकै अत्यन्त बैभबशाली राष्ट्र अमेरिकाको न्यूयोर्कमा संपूर्ण छायाँकन भएको नेपाली चलचित्र अमेरिकन बाबु मेड इन नेपालको पोष्टर अमेरिकावाट रिलिज भएको छ।

लगभग पोष्ट–प्रोडक्सनको सवै काम संपन्न भैसकेको चलचित्र अमेरिकन बाबु मेड इन नेपाल अव चाँडै रिलिजको क्रममा रहेको छ। यसको तयारीको क्रममा रहेको तीन निर्माता मध्येका अमेरिकामा नै रहेका एक निर्माता राजेश गुरुङले भनेका छन्।

ठूलो सपना बोकेर अमेरिका पुग्ने नेपालीको अमेरिकामा बस्दाको बास्तविक कथा र उनीहरुको अमेरिका भोगाईको यथार्थ चलचित्रमा हेर्न र देख्न पाइने चलचित्रको पोष्टर रिलिज गर्ने क्रममा यस चलचित्रका निर्देशक तथा सम्पादक ईश्वर थापाको भनाई रहेको छ।

सुरेन्द्र नकर्मीको लेखन तथा शंभु मोक्तानको छायाँकन रहेको यस चलचित्रमा इसान ढकाल, नन्दिता केसी, प्रवेश उप्रेती पाउल, प्रियंका ऐर, अञ्जली लामा, राजेश गुरुङ, रघु गिरी, संझना उप्रेती लगायतका कलाकारका साथमा नेपालका चर्चित गायक तथा नायक बाबु बोगटीको पनि विशेष भूमिका रहेको छ।

संगीत ओम कर्माचार्य र बाबु बोगटीले दिएका छन्। गीत ओम कर्माचार्य, बाबु बोगटी र ईश्वर थापाको रहेको छ। बाबु बोगटी, जगदीश समाल, अञ्जना गुरुङ र सविता श्रेष्ठको गायन रहेको छ। निर्मातामा राजेश गुरुङ, संझना उप्रेती र मञ्जु रानामगर रहेका छन्। यस चलचित्रको ट्रेलर २४ सेप्टेम्बरका दिन न्यूयोर्कवाटै रिलिज हुने भएको छ।

American (2)प्रकाशन मिति–२०७४ साल असोज १ गते आइतवार ।