american-ambassador-with-pm-of-nepal

काठमाडौ। अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको विजय पश्चात अमेरिकामा रहेका करिब पाँच लाख नेपालीलाई खासै असर नपर्ने भएको छ।

डोनाल्ड ट्रम्पको विजय पछि आप्रवासीहरुलाई ट्रम्पले गर्ने भनिएको व्यवहारका बारेमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल स्थित अमेरिकी राजदूत समक्ष चासो र चिन्ता व्यक्त गरेका छन्।

सोमवार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दाहालसँग भेट गर्न पुगेकी अमेरिकी राजदूत अलाइना बी टेप्लिजले नेपाल र नेपालीलाई कुनै नकारात्मक असर नपर्ने जानकारी दिएकी थिइन्।

राजदूत टेप्लिजले राष्ट्रपति ट्रम्पले अमेरिकाको कार्यभार समालेपछि पनि नेपाल र नेपालीप्रति खासै अप्ठ्यारो नपर्ने प्रष्ट पारेकी छन्।
प्रकाशन मिति–२०७३ साल मंसीर २१ गते मंगलवार ।