काठमाडौ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार भियतनाममा भएको एक कार्यक्रममा एसिया–प्रशान्त क्षेत्रमा केही दशकयता भएको आर्थिक प्रगतिलाई ‘चामत्किारिक सफलता भएको बताएका छन्।

चीनिया समाचार एजेन्सी सिन्ह्वाका अनुसार, शुक्रबार भियतनाममा भएको कार्यक्रममा एसिया–प्रशान्त क्षेत्रमा केही दशक यता भएको आर्थिक प्रगतिलाई चामत्किारिक सफलता बताउँदै राष्ट्रपति ट्रम्पले थपे,– ‘एसिया–प्रशान्त क्षेत्रको अर्थतन्त्र पहिलेपनि मजबुत होे र अझै उदीयमान रहेको छ।’

एसिया–प्रशान्त क्षेत्रका मुलुकहरूले आजका दिनमा गरेको आर्थिक सुधार चामत्कारिक सफलता हो, राष्ट्रपति ट्रम्पले मध्य भियतनामका दानाङ शहरमा भएको एसिया–प्रशान्त आर्थिक सहायता (एपेक) को उच्च अधिकारीहरूको सम्मेलनलाई सम्बोधन गर्ने क्रममा उक्त धारणा राखेका हुन्।

सम्मेलनमा अमेरिकी राष्ट्रपति ट्रम्पले चीनले गरेको आर्थिक सफलताकोे प्रशंशा गर्दै भने,– ‘चीनले विगत केही दशकमा बजारीकरणमा निकै सुधार ल्याएको छ जसका कारण तीब्र आर्थिक प्रगतिकोे अनुभव र रोजगारका अवसरलाई फैलाउन सफलता मिलेको छ।’

अमेरिकाको एसिया–प्रशान्त क्षेत्रका मुलुकसँगको भूमिकाबारे बोल्दै भने, ‘हामीले यस क्षेत्रका राष्ट्रमाथि बोलवाला सिर्जना गर्ने कल्पना नगरेको तर मित्रता चाहेका हौँ ।’
अमेरिकी राष्ट्रपतिले विश्व वैंक र एसियाली विकास बैंकले उच्च गुणस्तरको आधारभूत संरचनाको निर्माणमा लगानी गर्दै यस क्षेत्रको आर्थिक विकासलाई प्रोत्साहन गर्नुपर्ने र यसमा अमेरिकाकातर्फबाट सम्भावित सहयोग रहने बताए।
प्रकाशन मिति–२०७४ साल कात्तिक २४ गते शुक्रबार ।