Mallika with USA Presedent's Ex-Wifeकाठमाडौ। बलिउडकी हट नायिका मल्लिका शेरावतले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी पहिलो पत्नीलाई भेटेकी छन्। ट्रम्पकी पहिलो पत्नी इवानासँग मल्लिकाले भेट गरेकी हुन्।

मल्लिकाले मंगलबार आफ्नो इन्स्टाग्राममा इवाना ट्रम्पसँग खिचेको फोटो पोस्ट गर्दै लेखेकी छिन्, ‘इवाना ट्रम्पसँग भेटेर खुसी लाग्यो। उनी असल व्यक्ति हुन्।’ मल्लिकाले इवानासँगको भेटलाई मिठो र सालिन भनेकी छन्।

चेकमूलकी पूर्व मोडल तथा व्यवसायी इवानाले अमेरिकी राष्ट्रपति ट्रम्पसँग सन् १९७७ मा बिहे गरेकी थिइन्। यी दुईको पारपाचुके सन् १९९२ मा भएको थियो। सन् २०१५ देखि मल्लिकाले बलिउडमा काम गरेकी छैनन्। उनको पछिल्लो फिल्म डर्टी पोल्टिक्स थियो। उनले हलिउडमा पनि काम गरिसकेकी छन्।

मल्लिकाले सन् २०१६ मा चीनियाँ फिल्म ‘टाइम राइडर्स’ मा काम गरेकी थिइन।
प्रकाशन मिति–२०७४ साल साउन ११ गते बुधवार