Arun Nadi 1

काठमाडौ। पूर्वी नेपालको संखुवासभाको हटियामा पर्ने स्याक्सिला गोलामा अरुण नदी थुनिएको छ। अरुण नदी थुनिएपछि ३ किलोमिटर बाँध बनेको छ । बरुण नदीले बगाएर ल्याएको ढुंगा गिटी बालुवाले अरुण नदीलाई छेकेको छ। नदी थुनिएर लामो ताल बनेपनि तत्काल फुट्ने अवस्था नभएको जिल्ला दैवीप्रकोप उद्धार समिति संखुवासभाले जनाएको छ।

बरुण नदीसँगै जोडिएको लुक्चेखोलामा खुख्खा पहिरो झरेपछि आएको बाढीले ५ सय मिटर चौडाई र २ किलोमिटर भन्दा बढी ताल बनाएको छ। स्याक्सिलाका स्याङला रिन्जिन भोट, छेच्या भोटे र छिन्डुम भोटेको घरमा बाढी पसेर जोखिममा परेको छ। अन्य ७ घर उच्च जोखिममा रहेको छ।

ताल फूट्यो भने घर–गाउं बगाउँला भनेर पीडित परिवार २० मिटरमाथि बसिरहेका छन्। पीडित १० परिवारलाई जिल्ला दैवी प्रकोप उद्दार समिति र नेपाल रेडक्रस सोसाईटीले खाद्यान्न, त्रिपाल र लत्ताकपडा वितरण गरेको छ । बिहीबार दिउँसो ४ बजेबाट बाढी आएपछि अरुण थुनिएको स्थानीयबासिन्दाले बताएका छन् । ताल फुट्ने डर भएपछि पीडितहरु त्रसित बनेका छन्।

Arun Nadi 2प्रकाशन मिति–२०७४ साल बैशाख ८ गते शुक्रबार ।