Bishnu Rimalकाठमाडौ। नेपालमा भारतको नाकाबन्दी अन्त नभएसम्म भारत निम्तो मान्न भारत नजाने बताइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण अव हुने भएको छ।

भारतले नाकाबन्दी खुल्ला गरिएको कुनैपनि औपचारिक सन्देश प्रवाह नगरेपनि खुल्न बाँकी रहेको बीरगंज–रक्सौल नाका पनि शुक्रबारवाट सामान्य ढंगवाट खुल्लाभएपछि प्रधानमन्त्रीको भारत भ्रमणको तयारी प्रारम्भ भएको छ। प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालका अनुसार प्रधानमन्त्रीको भारत भ्रमणको तयारीको लागि अर्थमन्त्री विष्णु पौडेल माघ २४ गते दिल्ली जाने भएका छन्।

KP Oli in

भारतीय विदेशमन्त्री सुषमा स्वराजको निम्तोमा अर्थमन्त्री पौडेलको माघ २४ गते देखि २६ गतेसम्म भारत भ्रमण हुन लागेको बताइएको छ।

यही फागुन ५ गतेसम्ममा प्रधानमन्त्री ओलीको भारत भ्रमण तय भएको भएतापनि त्यसपछिका मिति तय गर्न अर्थमन्त्री पौडेल दिल्ली जान लागेका हुन। अर्थमन्त्रीको दिल्ली भ्रमण पश्चात नै प्रधानमन्त्री ओलीको भारत भ्रमण तय हुने निश्चित भएको छ।

 

प्रकाशन मिति–२०७२ साल माघ १६ गते शनिवार ।