काठमाडौ । हेर्दैमा सेक्सी अनुहार तथा व्यहोरा पनि त्यस्तै जस्तो लाग्ने महिमा सिलवालले फिल्ममा त्यस्तो रोल गर्न नै पाइएकी छैनन् । पहिलो फिल्म कारबाही देखि पछिल्लो फिल्म कमिनासम्मको रोलमा प्रायमा रोनाधोना मात्र गरेकी महिमा लक्की हिरोइनको रुपमा कलिउडमा लिइने गरेको छ ।

3फिल्मलाइनमा आएको तीन बर्षमा बीसवटा फिल्ममा अभिनय गर्न भ्याउनु चानचुने कुरा होइन । त्यसमाथि, पछिल्लो दुई फिल्म सकस तथा नो–स्मोकिङमा अभिनय गर्दा पारिश्रमिक रेट पनि १ लाख पु¥याइसकेकी छन् ।

अरु, हिरोइनहरु फिल्म खेल्न अनेकन शारीरिक देखि आर्थिकसम्म संझौता गर्नु परिरहेको प्रसंग उप्किरहेको बर्तमान अवस्थामा उनले फिल्म खेल्न त्यस्तो संझौता नै गर्नुपरेन । 

 

सडकवाटै सिधै फिल्म खेल्न पाए भनेर भनेकी छन् । बचपन देखि फिल्म खेल्ने लक्ष्य नै लिएर अघि बढे्की उनी तकडा डान्सर भने अवश्य हुन् ।

उनको डान्समा प्राय सवै रम्ने गरेको पाइएको छ । दुई बर्ष अगाडि काठमाडौं बागबजार स्थित आराधना कप्लेक्सवाट क्रसिङ भएर जाँदा त्यहाँ नेपाली फिल्मलाइनका उम्दा फिल्म निर्देशक किशोर रानामगर तथा निर्माता नारायण मैनाली फिल्म कारवाहीकै कुरा गर्न मग्न थिए।

1

निर्देशक रानामगर तथा निर्माता मैनाली कारवाहीको लागि हिरोइन नभएर हैरान बनिरहेका थिए । निर्माता तथा निर्देशकको कुराकानी क्रसिङ रोडमा उनले सुनेपछि ठाडै तपाईहरुको फिल्ममा मलाई चान्स दिनुस्–म फिल्म खेल्छु भनेर हिम्मत गर्ने हिरोइन उनी नै हुन् । सिमारेखा, करोडपति जस्ता दर्जनौ हिट फिल्म दिइसकेका बम्बईया रिटर्न निर्देशक किशोर रानामगर समक्ष आँट गरेर बोल्ने अपरिचित युवतीको त्यो साहसले तीनछक्कै परेका रानामगरले निर्माता मैनालीसँग कुरा मिलाएर उनीसँग अडिसन पनि लिए।

mahima-silwalनिर्देशक रानामगरको अडिसनमा खर्रो उत्रेर फिल्म कारबाहीको हिरोइन बनिसकेपछि फर्केर हेर्नुनपरेकी उनले त्यसपछि अप्रिल–फुल, थ्याङ्क्यु, जिगलो, मिसन–४२०, सकस, नो–स्मोकिङ, ढुंगेयुग, मधुमाला, छाप, चियर्स, एक से एक, वारेन्ट, दानव र कमिनासम्ममा हिरोइन बनेर अभिनय गर्न भ्याइसकेकी छन् । उनको पछाडि अझै आधा दर्जन फिल्म क्युमा रहेको छ।

उमेरको हकमा उनकै शव्दमा भन्ने हो भने, २३ बर्ष लाग्दैछिन् । चितवनको गीतानगरमा जन्मेपनि अधिकाँश बचपनका रहरलाग्दा समय काठमाडौंमा नै व्यतित भएको भन्न उनी चुक्दिनन् । ललितपुर ठैंव स्थित फुलचोकी स्कुलवाट वि.सं.२०६४ सालमा एसएलसी पास गरेर पढाइलाई निरन्तरता दिने क्रममा हाल स्नातक तेश्रो बर्षमा अध्ययन गरिरहेको बताउने उनी फिल्ममा लागेयता त्यति स्पीड दिन नसकेको यथार्थता भन्छिन्।

mahima-silwal-1५ बर्षको उमेरमा आमाको दुःखद निधन भएपछि हजुरआमाको काखमा हुर्केकी महिमा जेठी नै हुन् । उनीपछि एक भाइ र बहिनी छन् । पिता नेपाल प्रहरी भएतापनि हाल रिटायर्ड भैसकेका छन् । प्रहरी परिवारको अनुशासनमा हुर्केकी भएतापनि चन्चलता उनमा नरहेको भने अवश्य होइन। रमाइलो गर्नुपर्ने अनि हाँसिरहने उनको बानी हो । रमाइलो गर्ने क्रममा कहिलेकाही इन्टरनेटमा ब्लु–फिल्म पनि हेरेकीछु भनेर निर्धक्क भन्ने ब्लु–फिल्म हेर्ने नयाँ पुस्तालाई नराम्रो भन्ने पक्षमा उनी छैनन्।
हालसम्म अविवाहित रहेको जिकिर गर्ने सेक्सको मामिलामा अलि उदार नै रहेकी छन्। सेक्सको अनुभव रहेको खुलासा पनि गरेकी छन् । भन्छिन्–“म भर्जिन केटी अवश्य पनि होइन । यो उमेरसम्म आइपुग्दा प्राय आधुनिक केटीले भर्जिनिटी गुमाइसकेको हुन्छ । जुन स्वभाविक पनि हो । एकबर्ष अगाडि मेरो लबरसँग मेरो संवन्ध भयो । त्यो नै मेरो पहिलो सेक्स अनुभव हो ।”
(हट नेपाल मासिक अंक २ वाट साभार। )
प्रकाशन मिति–२०७३ साल मंसीर २८ गते मंगलवार ।