Gopal Dhakal chhande 2

काठमाडौ। नेपालका चर्चित हाँस्य कलाकार गोपाल ढकाल छन्देको हालसम्म विवाह त भएको छैन्। तरपनि, छन्दे दुईटी स्वास्नीको पोइ भएको भन्ने छन्देलाई आरोप लागेको छ।

Gopal Dhakal chhande 1

दुईटीको पोइ बनेको आरोपमा छन्दे प्रहरी कार्यालयमा समेत जानु परेको छ। उनी विरुद्धको जाहेरी परेपछि निश्चित रुपमा प्रहरी कार्यालयमा पुगेर स्पष्टिकरण दिनु स्वभाविक हो। यो स्वभाविकता छन्देको जीवनमा नआएतापनि लोकदोहरी दुईटी स्वास्नीको पोइ बोलको गीतको भिडियोमा अभिनय गरेर त्यसरी भाका मिलाएका हुन्।

Gopal Dhakal chhande 3

लेखनाथ आचार्य र लक्ष्मी मल्लको लोकगायन तथा बाबुराम पन्थीको शव्द तथा लेखनाथ आचार्यको संगीत तथा विमलराज क्षेत्रीको एरेन्जमा तयार भएको यस गीतको भिडियो निर्देशन कुमार केसीले गरेका छन्।

Gopal Dhakal chhande 4

दुईटी स्वास्नीको पोइको अभिनयमा छन्देलाई मालती घले र नुमा घलेले साथ दिएका छन्। छायाँकन अजय रेग्मीको रहेको यो भिडियो चाहिँ चाँडै आउने भनिएको छ।

Gopal Dhakal chhande 5Gopal Dhakal chhande 6प्रकाशन मिति–२०७३ साल फागुन ६ गते शुक्रबार ।