काठमाडौ। नेकपा एमालेका चर्चित युवा नेता तथा पूर्व सूचना तथा सञ्चार मन्त्री शेरधन राई चालिस कटिसक्दा पनि हालसम्म अविवाहित भन्ने कुरा कमैलाई मात्र थाहा छ। नेता राई राजनीतिमा लाग्दा लाग्दै विवाह गर्न नै भुलेछन्। अव भने विवाह गर्ने सोचमा  छन्।

प्रदेशसभासदमा भोजपुरवाट भारी मतले विजयी बनेका नेता राई नेपालको प्रदेश नंबर १ को मुख्यमन्त्री बन्ने व्यापक चर्चामा रहेका छन्। यसैलाई आधार मानेर नेता राईले पनि विराटनगरमा आयोजित कार्यक्रममा प्रदेशन नंबर १ का मुख्यमन्त्री बनेको लगतै विवाह गर्ने घोषणा गरेका छन्।

भोजपुरवाट दुईपटक सांसदमा जितिसकेका नेता राईले आफ्नो विवाहलाई मुख्यमन्त्रीको पदसंग दांजेका छन्। मुख्यमन्त्री भएपछि मात्र विवाह गर्ने सोचमा रहेका नेता राई मुख्यमन्त्री बनेन भने आजन्म अविवाहित पो हुने हो कि भन्ने खतरा बढेको छ। नेता राईलाई विवाह गराउन भएपनि मुख्यमन्त्री बनाउनुपर्ने दबाब बढ्ेको छ।

Mr.Sherdhan Rai-Leader of CPN UML of Nepal

प्रकाशन मिति–२०७४ साल पुष ८ गते शनिवार ।