काठमाडौ। नेपाल सरकारले ७० बर्ष पुगिसकेका बृद्ध–बृद्धालाई दिदैआएको बृद्धभत्ता अव ६५ बर्ष पुग्नासाथ नै दिने भएको छ। देउवा सरकारले जानेबेलामा बृद्ध–बृद्धाहरुको लागि पाँच बर्ष उमेर घटाएर राम्रो कार्य गरेका छन्।

प्रधानमन्त्री शेरवहादुर देउवाको सरकारी निवास बालुवाटारमा बुधबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले वृद्धभत्ता पाउने ज्येष्ठ नागरिकको उमेर ७० वर्ष राखिएकामा त्यसलाई घटाएर ६५ वर्ष कायम गरेको हो।

त्यसैगरी, मन्त्रिपरिषदले भूकम्पपीडित र बाढीपीडितले पाइरहेको राहत रकममा रु एक लाख थप गर्ने निर्णय पनि गरेको छ। सरकारले महिला स्वास्थ्य स्वयंसेविकाको वृद्धि विकासका लागि आर्थिक रकम थप गर्नेसमेत निर्णय गरेको छ।

सरकारले निजी व्यवसाय दर्ता गर्ने महिला, दलित, विपन्न वर्गको परिचयपत्र भएको व्यक्तिले निजी फर्म दर्ता गर्दा रू एक करोडसम्मको पुँजी भएको फर्मलाई शून्य दस्तुर र सोभन्दामाथिको कम्पनी वा फर्म दर्ता गर्दा ५० प्रतिशत दस्तुर छुट दिने भएको छ। सोहीअनुसार दस्तुरसम्बन्धी नियमावली संशोधन गर्ने निर्णयसमेत गरिएको छ ।
प्रकाशन मिति–२०७४ साल माघ ११ गते विहीवार ।