काठमाडौ। हालै एक सर्भेक्षणले अश्लिल फिल्मका दर्शकहरुका बारेमा केही रोचक तथ्यहरु सार्वजनिक गरेको छ । जस अनुसार पोर्न फिल्म हेर्नेमध्ये हरेक चार जनामा एक जना महिला रहेको देखिएको छ। पोर्न हब नामक पोर्न साइटले आफ्नो साइटमा लगइन गरेर पोर्न सामाग्री हेर्ने प्रयोगकर्ताहरुमा गरेको अध्ययनले अन्य नौला तथ्यहरु पनि सार्वजनिक गरेको छ। पोर्नहबका अनुसार पोर्न फिल्म हेर्ने महिलाहरु मध्ये अधिकांस ३५ वर्ष भन्दा कम उमेरका महिला छन् । अर्थात् युवतीहरु पोर्न फिल्मका ठूला दर्शक हुन्।

Watching Porn Movie 1अध्ययन अनुसार पोर्न फिल्म हेर्नेमध्ये २४ प्रतिशत महिला हुन्छन्, जसबाट यस्ता पोर्न भिडियो ७८ अर्ब पटक सम्म हेरिन्छ । अनलाइनमा पोर्न भिडियोहरुका दर्शक संख्या यति धेरै हुनुको मुख्य कारण स्मार्टफोन भएको बताइन्छ । पोर्न फिल्म हेर्नेमध्ये सबैजसो महिलाको हातमा स्मार्टफोन हुने र उनीहरुले स्मार्टफोनबाटै पनि चाहेको बेला यस्ता सामाग्रीहरु हेर्ने गरेको सर्भेक्षणले खुलासा गरेको छ।

पोर्नहब डट कमको ट्राफिक तथा एनालिटिक्स डाटाको आधारमा तयार गरेको तथ्यांक अनुसार उक्त साइट हेर्नेमध्ये ६० प्रतिशत पोर्न पारखीहरुले स्मार्टफोनबाटै साइट हेर्ने गरेका छन् । ७ प्रतिशतले आफ्नो ट्याबलेटबाट र ३३ प्रतिशतले कम्प्युटरबाट पोर्न फिल्म हेर्ने गरेका छन्। अझ रोचक कुरा त के भने महिलाहरुले सोमबारको दिन सबैभन्दा बढि पोर्न फिल्म हेर्ने गरेको पाइएको छ।

उक्त वेबसाइटको तथ्यांक अनुसार सोमबार महिला प्रयोगकर्ताको संख्या सबैभन्दा बढि हुने गरकेो छ। शनिवार भने महिलाहरुले हप्तामा सबैभन्दाकम पोर्न फिल्म हेर्ने गरेको समेत तथ्यांकले देखाएको छ। उक्त पोर्न साइटका ६० प्रतिशत दर्शक ३५ वर्ष भन्दा कम उमेरका हुने गरेका छन्।

अधिकांसले रातको ११ बजेपछि पोर्न फिल्म हेर्ने र पोर्न फिल्म हेर्नेका लागि पोर्न साइट एकपटक खोलिसकेपछि कम्तिमा १० मिनेटसम्म बन्द नगर्ने गरेको पनि पाइएको छ । जबकी ३५ वर्ष भन्दा माथिको उमेरका मानिसहरुले भने रातको १० बजेबाटै पोर्न साइट खोतल्न सुरु गर्छन् तर उनीहरु पोर्न साइटमा धेरैबेर टिक्दैनन्।

पोर्न साइटमा प्रयोगकर्ताले खोजी गर्ने सेलिब्रेटीहरुमा किम कार्दा्शिन पहिलो नम्बरमा हुने गरेकी छिन् । उनको सेक्स भिडियो अहिलेसम्म ९ करोड ३० लाख जनाले हेरिसकेका छन् र उक्त पोर्न साइटमा सबैभन्दा धेरै हेरिएको भिडियोको रुपमा रहेको छ।
पोर्नहबका अनुसार युरोपमा सबैभन्दा बढि पोर्न फिल्म हेरिने देश बेलायत हो ।

प्रयोगकर्ताको संख्याका हिसाबले अमेरिका र क्यानडा सबैभन्दा अगाडि रहेका छन् ।
बेलायतको एक संस्थाले गरेको अध्ययन अनुसार बेलायतमाअनलाइन मार्फत पोर्न सामाग्री हेर्नेहरुमा हरेक तिन जनामा एक जना महिला हुने गरेका छन् ।

Watching Porn Movie 2प्रकाशन मिति–२०७४ साल जेष्ठ ८ गते सोमवार ।